Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०
न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । कोरोनासम्बन्धी सम्पूर्ण जानकारी अध्यावधिक गर्ने ओल्डोमिटर डटकमले उल्लेख गरे अनुसार हालसम्म कोरोनाबाट विश्वभर ४ लाख ५७ जनाको ज्यान गएको छ । यस्तै विश्वभर हालसम्म ६९ लाख १७ हजार ५ सय ९० जना जना संक्रमित बनेका छन् । उपचारपछि घर फर्कनेको संख्या पनि विश्वभर रहेको छ ।

विश्वमा हालसम्म कोरोनाको कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका बनेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण १ लाख ११ हजार ६ सय ८५ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा १९ लाख ५६ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण फैलिएको छ ।
उपचारपछि घर फर्कनेको संख्या ७ लाख ३९ हजार ७ सय २४ पुगेको छ । अमेरिकाको न्यूयोर्क, वासिङ्गटन डिसी, न्यूजर्सी, मिचिगनलगायतका राज्यहरु कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन् । अमेरिकापछि क्रमश ब्राजिल, रसिया, स्पेन, बेलायत र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन् । स्पेन बाहेकका मथि उल्लेखित देशहरुमा अहिले दैनिक रुपमा कोरोना संक्रमितको संख्या थपिँदो छ ।

स्पेनमा भने विगतको तुलनामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गएको डिसेम्बरमा चीनको बुहान प्रान्तबाट शुरुभएको कोराना अहिले विश्वका २ सय ५ भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोनाका कारण अमेरिकालगायत विश्वका अधिकांश देशको जनजीवन ठप्प प्राय बनेको छ भने आर्थिक गतिविधि पनि सून्य जस्तै बनेको छ ।
कतिपय युरोपेली देशले जनजीवन सामान्य बनाउने कोशिष गरेको भएपनि संक्रमितको संख्या भने दैनिक देखिँदैछ । शुरुमा विश्वकै महामारीपूर्ण देश बनेको चीन अहिले विश्वका १८ औं बढी प्रभावित देशको रुपमा रहेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...
अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...
कक्षा ११ को बोर्ड परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने, एसईईका विद्यार्थीलाई साउन १५ भित्र लब्धांकपत्र दिने तयारी
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...
Top