कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

Best Khabar Team | २०७७ पुष २३ गते बिहिबार


०७ जनवरी, २०२१
टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका क्षेत्रमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ह्वात्तै बढ्न थालेपछि जापान सरकारले टोकियो र आसपासमा लकडाउनको घोषणा गरेको छ । जापान सरकारले भोलि बिहान (जनवरी ८ बिहान) बाट लागूहुने गरी आगामी फेब्रुअरी ०८ तारिखसम्मका लागि नयाँ वर्षको पहिलो साता नै संकटकाल घोषणा गरेको हो ।

जापानी समाचार संस्थाहरुले जनाएअनुसार संक्रमितको संख्या बढ्न नदिनका लागि सरकारले एक महिनाका लागि संकटकाल लगाउने निर्णय लिएको हो । पछिल्ला केहीदिनयता जापानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि यहाँका प्रधानमन्त्री योशिहिडा सुगाले मन्त्रीपरिषद्मा छलफपछि भोलिदेखि लागूहुने गरी संकटकालको घोषणा गरेका हुन् । संकट थप बढ्न नदिनका लागि यो घोषणा गर्नुपरेको प्रधानमन्त्री सुगाको भनाई छ । नयाँ व्यवस्था अनुसार रातिको ८ बजेपछि रेस्टुरेन्ट तथा होटलहरु बन्द गर्नुपर्नेछ ।

यस्तै रेस्टुरेन्टहरुलाई साँझ ७ बजेपछि मदिरा तथा मादक पदार्थ विक्री वितरणमा रोक लगाइएको छ । यस्तै डिस्को, डान्स तथा बारहरुसमेत बन्द गर्न भनिएको छ भने युवायुवतीलाई अहिलेको अवस्थमा यस्ता भीडभाडपूर्ण स्थानमा नजानका लागि प्रधानमन्त्रीले अपिल गरेका छन् ।

पछिल्ला दिनहरुमा जापानमा युवायुवतीमा कोरोना संक्रमणको दर उच्च देखिएपछि उनीहरुका परिवारमा रहेका बाबुआमा, हजुरबुबा हजुरआमा, साना भाईबिहिनीलगायत खतराको सूचीमा रहेका तथा दीर्घरोगीहरुको स्वास्थ्यको लागि यो निर्णय गर्नुपरेको प्रधानमन्त्रीले जनाएका छन् ।

सिँगो देशको २० प्रतिशत भन्दाबढी संक्रमितहरु राजधानी टोकियोमै देखिएपछि सरकारले बाध्य भएर संकटकाल घोषणा गर्नुपरेको बताइएको छ । पछिल्ला केहीसाता यता जापानमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले रेस्टुरेन्टहरुलाई ‘टेकवे’ सेवा मात्रै प्रदान गर्नका लागि अनुरोध गरेको छ । जापानमा कोरोना संक्रमणमा परी हालसम्म ३ हजार ७ सय १९ जनाको ज्यान गै सकेको छ भने २ लाख ५२ हजार भन्दा बढी संक्रमित भै सकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

२०७७ श्रावण ३१ गते शनिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...

भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

Top