चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार


तस्वीर : इन्टरनेट

२ ८ डिसेम्बर, २०१९
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पालिएको ८४ वर्ष पुरानो हात्तिको मृत्यु भएको छ । माउतेले जंगलमा चराउन लगेका बेला एक्कासी ढलेको हात्तिको राति अबेर त्यहि मृत्यु भएको निकुञ्ज स्रोतले जानकारी दिएको छ ।

एक्कासी ढलेको हात्तीलाई निकुञ्जका कर्मचारीले केही उपचारको कोशिष गरेको भएपनि राति अबेर त्यही उनले त्यही स्थानमाप्राण त्यागेको निकुञ्जले जनाएको छ । रतनकली नाम दिइएको सो हात्ती शुक्लाफाँटा निकुञ्जमा २०३५ सालको पुस महिनामा ल्याइएको थियो ।

८४ वर्षसम्म आफैं जंगल जाने र चर्ने गरेको हात्ती एक्कासी ढलेर मृत्यु भएपछि निकुञ्जका कर्मचारीहरु आश्चर्यमा परेका छन् । सो निकुञ्जमा हाल ७ वटा हात्ति रहेकोमा अब रतनकलीको ज्यान गएपछि अब निकुञ्जमा ६ वटा मात्रै हात्ती रहेका छन् । हात्तीको ७० देखि ८५ वर्षको औसद आयु हुने भएकाले रतनकलीको पनि बुढ्यौली लागेर मृत्यु भएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’ सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...

जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात

२०७७ असार २७ गते शनिबार

११ जुलाई, २०२०बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

Top