Best Khabar Team | २०७६ पुष १२ गते शनिबार

२ ८ डिसेम्बर, २०१९
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पालिएको ८४ वर्ष पुरानो हात्तिको मृत्यु भएको छ । माउतेले जंगलमा चराउन लगेका बेला एक्कासी ढलेको हात्तिको राति अबेर त्यहि मृत्यु भएको निकुञ्ज स्रोतले जानकारी दिएको छ ।
एक्कासी ढलेको हात्तीलाई निकुञ्जका कर्मचारीले केही उपचारको कोशिष गरेको भएपनि राति अबेर त्यही उनले त्यही स्थानमाप्राण त्यागेको निकुञ्जले जनाएको छ । रतनकली नाम दिइएको सो हात्ती शुक्लाफाँटा निकुञ्जमा २०३५ सालको पुस महिनामा ल्याइएको थियो ।
८४ वर्षसम्म आफैं जंगल जाने र चर्ने गरेको हात्ती एक्कासी ढलेर मृत्यु भएपछि निकुञ्जका कर्मचारीहरु आश्चर्यमा परेका छन् । सो निकुञ्जमा हाल ७ वटा हात्ति रहेकोमा अब रतनकलीको ज्यान गएपछि अब निकुञ्जमा ६ वटा मात्रै हात्ती रहेका छन् । हात्तीको ७० देखि ८५ वर्षको औसद आयु हुने भएकाले रतनकलीको पनि बुढ्यौली लागेर मृत्यु भएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...
पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...
भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...
अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता...
Top