उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार


२६ जुलाई, २०२०
सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना जोडिएको उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित भेटिएको दाबी त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । विश्वका लगभग सबै देश कोरोना संक्रणबाट ग्रसित भै रहँदा सँधै रहस्यको पर्दा भित्र रहने देशको रुपमा परिचित उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित देखिएको हुन् ।

पहिलो पटक कोरोना संक्रमित भेटिएपछि ‘लकडाउन’ गरिएको केसाङ्ग शहर । तस्वीर साभार : गुगल

विश्वमा कोरोनाका कारण लाखौंको ज्यान जाँदा र करोडौं प्रभावित भै रहँदा महामारीको झण्डै ८ महिनाको यस अवधिमा उत्तर कोरियामा पहिलो कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक भएको छ । मुलुकमा कोरोना संक्रमित भेटिएलगत्तै उत्तर कोरियाले स्वास्थ्य आपत्कालको घोषणा गरेको बताइएको छ ।

शनिबार उत्तर कोरियाको केसाङ्ग सहरमा पहिलो पटक भेटिएका एकजना कोरोना संक्रमित पुरुष भएको बताइएको छ । दक्षिण कोरियामा ३ वर्षसम्म बसेका ती पुरुष एक साता अघि उत्तर कोरिया फर्केका थिए, उनैमा कोरोना संक्रमण पुष्टि भएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

संक्रमित व्यक्तिलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राखिएको छ भने केसाङ्गको आसपासका क्षेत्रलाई लकडाउन गरिएको छ । सिँगो उत्तर कोरियालाई नै स्वास्थ्य संकटकालको घोषणा गरी नाका तथा विमानस्थलहरुमा थप कडाई गर्न उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले निर्देशन दिएका छन् ।

पहिलो पटक कोरोना संक्रमित भेटिएपछि ‘लकडाउन’ गरिएको केसाङ्ग शहर । तस्वीर साभार : इन्टरनेट ।

अझै अचम्मको कुरा त के छ भने एकजना कोरोना संक्रमित भेटिएलगत्तै उनले सार्वजनिक स्थानमा माक्स लगाउन अनिवार्य गराएका छन् । यसअघि उत्तर कोरियामा केही सैनिकहरुलाई कोरोना संक्रमण भएको र सो जानकारी उत्तर कोरियाले लुकाएको भन्दै केही गुप्तचर निकायहरुले रिपोर्ट सार्वजनिक गरेका थिए । विश्व एक्काईसौं शताब्दी र उच्च प्रविधिको गतिमा अघि बढी रहँदा देशको आन्तरिक राजनीति तथा अन्य समसामयिक गतिविधिको बारेमा उत्तर कोरियाका समाचारहरु निक्कै कम र ढिलो गरी सार्वजनिक हुने गरेका छन् ।

पछिल्लो पटक उत्तर कोरियाका सर्वोच्च नेता किम करिब ३ महिना अघि ३ साता गुमनाम हुँदा उनका विषयमा विभिन्न खाले अड्कलबाजी समेत गरिएका थिए । तर सबै हल्लाहरुलाई चिर्दै उनी ३ साता पछि सार्वजनिक कार्यक्रममा देखिएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...

काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...

युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...

Top