Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणका क्रममा आज साँझ थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । साँझ थप भएकाहरुको जिल्ला र उमेर लिंग खुल्न सकेको छैन । यसअघि आजै ५७ जनामा कोराना संक्रमण देखिएको छ । अब देशभर कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमा २ जना पत्रकार र एकजना स्वास्थकर्मी समेत रहेका छन् ।
आजै कपिलबस्तुको तौलिहवामा रहेको तौलिहवा अस्पतालमा कार्यरत २५ बर्र्षकी एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी नेपालमा कोरोना लाग्ने पहिलो स्वास्थ्यकर्मी समेत हुन् । यस्तै आजै पर्सामा दुईजना पत्रकारमा समेत कोरोना संक्रमण भएको पुष्टि भै सकेको छ ।
पछिल्लो समयमा लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आउनेहरुका कारण नेपालको तराईका जिल्लाहरुमा कोरोनाको संक्रमण तीव्र बन्दै गएको छ । हालसम्म ३३ जना उपचारपछि घर फर्केका छन् । तर ती मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल फिर्ता बोलाएर उपचार थालिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...
‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...
चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको...
मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने
२०७९ फाल्गुन २१ गते आइतबार
०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न...
Top