Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
सल्यान । नेपाली सेनाको एउटा गाडी सल्यानको कुपुरकोटमा दुर्घटनामा परेको
छ । सो दुर्घटनामा परी नेपाली सेनाका जमदार यादवप्रसाद धरेलेको ज्यान गएको हो । मृतक जमदार धरेल मकवानपुरको हेटौंडाका स्थायी बासिन्दा हुन् । सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।
सल्यानको सिमखर्क ब्यारेकबाट बुटवलका लागि छुटेको लु १ ग १२३ नम्वरको सेनाको सो गाडी कपुरकोट गाउँपालिकाको चोरखोलामा दुर्घटनामा परेको थियो । सो गाडी सडकबाट तल रहेको छाँगामा खसेको बताइएको छ । गाडीभित्र नेपाली सेनाले बम तथा हतियारहरु बोकेर सैन्य प्रयोजनका लागि बुटबल तर्फ जाँदै गरेका थिए ।
दुर्घटनामा सेनाका मेजर ईश्वर सिलवाल, जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, थर नखुलेका रोशन नामका एक सैनिक घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार पछि सेनाको हेलिकोप्टरबाट काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
घटनाको बारेमा थप अनुसन्धानका लागि बुटबल र सल्यानबाट थप सैनिक तथा प्रहरीको टोली घटनास्थल पुगेको छ । अहिले घटनास्थललाई प्रहरी तथा सेनाले नियन्त्रणमा लिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...
बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...
भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने
२०७७ फाल्गुन २२ गते शनिबार
०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर...
अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा...
Top