Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
सल्यान । नेपाली सेनाको एउटा गाडी सल्यानको कुपुरकोटमा दुर्घटनामा परेको
छ । सो दुर्घटनामा परी नेपाली सेनाका जमदार यादवप्रसाद धरेलेको ज्यान गएको हो । मृतक जमदार धरेल मकवानपुरको हेटौंडाका स्थायी बासिन्दा हुन् । सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।
सल्यानको सिमखर्क ब्यारेकबाट बुटवलका लागि छुटेको लु १ ग १२३ नम्वरको सेनाको सो गाडी कपुरकोट गाउँपालिकाको चोरखोलामा दुर्घटनामा परेको थियो । सो गाडी सडकबाट तल रहेको छाँगामा खसेको बताइएको छ । गाडीभित्र नेपाली सेनाले बम तथा हतियारहरु बोकेर सैन्य प्रयोजनका लागि बुटबल तर्फ जाँदै गरेका थिए ।
दुर्घटनामा सेनाका मेजर ईश्वर सिलवाल, जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, थर नखुलेका रोशन नामका एक सैनिक घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार पछि सेनाको हेलिकोप्टरबाट काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
घटनाको बारेमा थप अनुसन्धानका लागि बुटबल र सल्यानबाट थप सैनिक तथा प्रहरीको टोली घटनास्थल पुगेको छ । अहिले घटनास्थललाई प्रहरी तथा सेनाले नियन्त्रणमा लिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो
२०७९ फाल्गुन १ गते सोमबार
१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको...
७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...
२०७७ बैशाख ३ सम्म ‘लकडाउन’
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...
Top