काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु

Best Khabar Team | २०७६ माघ २७ गते सोमबार


१०, फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ कफी बेच्ने पसलमा एक्कासी आगो लाग्यो । विद्युत् सर्ट भएर आगो लागको भनिएपनि त्यसको केहीबेरपछि सिँगो विमानस्थलमा धुँवाको मुस्लो फैलियो । अन्र्तराष्ट्रिय विमास्थलमा धुँवाको मुस्लो फैलिएपछि विमानस्थलमा पुगेका यात्रु तथा आफन्तहरु अत्तालिन थाले । यतिमात्र होइन उडान र अवतरणका लागि तयारी अवस्थामा रहेका विमान र ती विमानभित्र रहेका चालक, परिचालक र यात्रुहरु समेत डराए । तर बेलैमा आगो नियन्त्रणमा ल्याउन सकिएकै कारण काठमाडौंको त्रिभुवन विमानस्थलमा आज दिउँसो भएको आगोलागीको घटनाले ठूलो रुप लिन पाएन ।

यसैपनि त्रिभुवन विमानस्थल साँघुरो बन्दै गै रहेको छ । विमानै विमानले विमानस्थलको धावनमार्ग आपसापसका पार्किङ्ग वेहरु भरिँदा र आपसापसमा आगो लाग्दा नजिकै रहेका विमानहरु सबैभन्दा बढी जोखिममा हुन्छन् । हजारौं लिटर तेल लोड गरिएका ती विमानहरुमा केही गरी आगो लागिहालेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिन त परैको कुरा सँगैरहेको अर्का विमानहरुमा आगो सल्कने खतरापनि उत्तिकै हुन्छ ।

यस्तो नहोस्, तर भोलिका दिनमा आज जस्तै आगो लाग्ने र नियन्त्रणमा लिन केही ढिलाई हुने हो भने त्यसबाट निम्तन सक्ने खतराको अनुमान अहिले नै गर्न कठिन छ । जुन आजको घटनाबाट पनि थाहा हुन्छ । बेलैमा सावधानी अपनाइएको कारण आज विमानस्थलमा ठूलो दुर्घटना टरेको छ । विश्वभर विमानस्थल अन्तन्तै सम्वेदनशील क्षेत्र हो । काठमाडौंको त्रिभुवन विमानस्थलभित्र रहेको टर्मिनल क्षेत्रको सो कफिसपमा लागेको आगो बारुणयन्त्र, सुरक्षाकर्मीलगायतको सहयोगमा करिव ३ घण्टामा नियन्त्रणमा आएको थियो ।

जसका कारण करिब ३ घण्टा विमानस्थलको उडान तथा अवतरण समेत प्रभावित भएको थियो । काठमाडौं जस्तो साँघुरो विमानस्थलको बेलैमा अर्को विकल्प नखोज्ने हो भने र यसैगरी नियमित उडानको संख्या बढाउँदै गर्दा त्यसले भोलिका दिनमा भै परि आउने प्राकृतिक विपत्त तथा भवितव्यलाई सहजै नियन्त्रण गर्न सकिने देखिँदैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका...

चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...

Top