कोरोनाको कहरमा ‘बकर इद’ पर्व

Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार


पि.एल. तरंग
०१ अगस्ट, २०२०
विगत ८ महिनादेखि विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण विश्वभरका पर्यटकीय गतिविधि तथा अन्य दैनिक जनजीवन त प्रभावित भएको छ नै यसले विभिन्न धर्म र सम्प्रदायका मानिसले मनाउने गरेका चाड पर्वमा समेत नराम्रो असर छाडेको छ । विश्वभर महामारी बन्दै गएको कोरोना भाइरस फैलनुको मुख्य कारण मानिसहरुको भीडभाड र भेला नै भएको निष्कर्षसहित विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न र आवश्यक सुरक्षा सावधानी अपनाउन यसअघि नै सबैलाई आग्रह गरिरहेको छ ।

यो महामारीका बीच हजारौं मानिस भेला भएर मनाईने धर्म र सांस्कृतिक महत्व बोकेका कतिपय चाडपर्व तथा धर्म विशेषका विशेष दिनहरु सामान्य हिसावले मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्वपनि विगत ६ महिनादेखि पूर्ववत रुपमा मनाउन र सञ्चालनमा आउन सकेका छैनन् । यस्तैमा आज मुस्लिम धर्मावलम्बीहरुको दोश्रो महान चाड बकर इद परेको छ । इदुल जोहा नामले समेत चिनिने यो पर्व यति यसअघिका वर्षहरुमा हुन्थ्यो भने निक्कै धुमधामका साथ मनाईँथ्यो ।

तर मुस्लिमहरुको बाहुल्यता रहेको पाकिस्तान, अफगानिस्तान, भारतलगायत दक्षिण एसियाका अधिकांश राष्ट्र तथा विश्वभर नै कोरोनाको कहरका कारण ती देशमा बस्ने मुस्लिम धर्मावलम्बीले यो चाडलाई घरभित्रै बसेर मनाउन बाध्य छन् । देशभरका मस्दिजहरुमा निश्चित संख्यामा मात्रै अनुयायी भेला हुन र बाँकीलाई घरभित्रै बसेर मनाउन यसअघि नै मुस्लिम आयोगले निर्देशन जारी गरिसकेको छ । मस्जिदमा गएर मनाउन नपाएपनि उनीहरुले आजबिहानै देखि घर तथा घर नजिकै रहेको खोला र नदीमा गएर स्नान गरी नजिकैको मस्जिद वा इदगाहको विकल्पमा घरमै बसेर नमाज पढेर यो पर्व मनाई रहेका छन् ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको किंबदन्ती रहेको छ । आजका दिन मक्का मदिनामा गएर यो पर्व मनाउनु अत्यन्त राम्रो हुने विश्वस रहि आएको छ ।

विगतमा झै यो वर्ष एक आपसमा अंकमाल गर्ने अवस्था नभएकोले उनीहरुले एक आपसमा आआफ्नै ढंगले शुभकामना व्यक्त गरिरहेका छन् । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको किंबदन्ती रहेको छ । आजका दिन मक्का मदिनामा गएर यो पर्व मनाउनु अत्यन्त राम्रो हुने विश्वस रहि आएको छ ।

तर अहिले बह्य उडान बन्द रहेको अवस्थामा तत्का विदेश जान सक्ने अवस्था नरहेको आयोगको भनाई छ । यो वर्ष मक्का मदिना जान नपाएका हजयात्रीले समेत घर घरमै बकर इद मनाउँदै छन् । आजको दिन अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) चलाउने प्रचलन रहेको छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड  जुन १ बाट हटाइँदै कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...

शैक्षिक संस्था तत्काल नखुल्ने शैक्षिक संस्था तत्काल नखुल्ने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी...

Top