Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगापालिकास्थित भुल्केका ८ जनामा आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना संक्रमणको आशंकामा विराटनगरमा गरिएको स्वाब परीक्षणमा पोजेजिभ देखिएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरु सबै अर्थात् आठै जनाको पोजेटिभ रिपोर्ट आएको हो । यसअघि आजै उदयपुरका ३१ वर्षका युवकमा पनि कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत गराएको थियो । बाँकी दुई जनामा एकजना महिला र अर्का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । करिब एक साताअघि उदयपुरको त्रियुगा नगरपालिकास्थित सोही क्षेत्रमा रहेको एउटा मस्दिजमा रहेका १३ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

उनीहरुको हाल कोशी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भै रहेको छ । उनीहरुमा कोरोना भेटिएपछि नेपाली सेनाले सो क्षेत्रमा रहेको गाउँलाई शिल गरेर उनीहरुको नमुना परिक्षण गरेको थियो । यो सँगै स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको । यी मध्ये ५ जना उपचारपछि घर फर्केका छन् । ।

बाँकी ३७ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार जारी छ । हालसम्म अस्पतालमा रहेका सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो
२०७६ फाल्गुन २९ गते बिहिबार
१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...
भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन...
पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
Top