प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार


१३ मार्च, २०२०
काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । करिब २ साता लामो अस्पतालको बसाई पछि प्रधानमन्त्री ओली आज काठमाडौंको शिक्षण अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्केका हुन् ।

दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बालुवाटारमा रहँदा समेत विशेष आराम गर्न तथा बैठक तथा भेटवार्तामा सहभागी नहुन प्रधानमन्त्रीलाई चिकित्सकहरुले अनुरोध गरेका छन् । बालुवाटारमा रहँदा प्रधानमन्त्री निजी चिकित्सक एवं मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख डा. दिव्या सिंहको निगरानीमा रहने छन् ।

सिंह प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणमा सहभागी भएकी थिइन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण फागुन २१ गते भएको थियो । त्यसका लागि प्रधानमन्त्री फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनलाई उनकी भान्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । संग्रलौला भने हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्ण सुधार आएर पुरानै अवस्थामा फर्कन भने करिब ६ महिना लाग्नसक्ने चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको यसअघि १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनको भारतको एपोलो अस्पतालमा मृगौला फेरिएको थियो । त्यसबेला उपचारमा संलग्न भारतीय चिकित्सक पनि यसपटकको मृगौला प्रत्यारोपणमा सहभागी भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो...

पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

२०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान

२०७७ श्रावण ६ गते मंगलबार

२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...

Top