आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने

Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार


१४ मार्च, २०२०
काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १ बजे) देखि लागूहुने गरी काठमाडौं विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने तथा विभिन्न नाकाबाट नेपाल आउने विदेशी पर्यटकहरुलाई भिषा नदिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप रोक्नका लागि रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिले गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

समितिले यसअघि चैत १ गतेदेखि पर्यटकहरुलाई एक महिना १८ दिनसम्मका लागि नेपाल प्रवेशमा दिईँदै आएको अनअराईभल भिषा रोक्ने निर्णय फागुन २९ मा गरेको थियो । सोही निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

यसअघि सरकारले चीन, इरान, जापान, दक्षिण कोरिया, इटाली, फ्रान्स, जर्मनी र स्पेन गरी ८ देशका नागरिकलाई अनअराईभल भिषा नदिने निर्णय गरेको थियो । आज बिहान १ बजेदेखि लागू भएको यो निर्णय आगामी बैशाख २०७७ वैशाख १८ गतेसम्मका लागि लागू हुने छ । त्यसपछि कोरोनाको विश्वव्यापी प्रभावलाई हेरेर थप निर्णय गरिने समितिले जनाएको छ ।

यो नियम गैर आवासीय नेपालीहरू जसले गैरआवासीय नेपाली परिचयपत्रका आधारमा विमानस्थल वा अन्य नाकामा भिषा प्राप्त गर्दै आएका छन्, उनीहरुमा पनि लागू हुने बताइएको छ । यस्तै सरकारले विदेशयात्राबाट फर्केका कामदार, विद्यार्थी तथा पर्यटक भिषामा विदेश गएकाहरुलाई पनि नेपाल फर्केपछि १४ दिन सेल्फ क्‍वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले, विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गर्दै नेपालमै रहेकाहरुलाई पनि विशेष सतर्क रहन भनेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...

Top