Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०
काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १ बजे) देखि लागूहुने गरी काठमाडौं विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने तथा विभिन्न नाकाबाट नेपाल आउने विदेशी पर्यटकहरुलाई भिषा नदिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप रोक्नका लागि रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिले गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।
समितिले यसअघि चैत १ गतेदेखि पर्यटकहरुलाई एक महिना १८ दिनसम्मका लागि नेपाल प्रवेशमा दिईँदै आएको अनअराईभल भिषा रोक्ने निर्णय फागुन २९ मा गरेको थियो । सोही निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

यसअघि सरकारले चीन, इरान, जापान, दक्षिण कोरिया, इटाली, फ्रान्स, जर्मनी र स्पेन गरी ८ देशका नागरिकलाई अनअराईभल भिषा नदिने निर्णय गरेको थियो । आज बिहान १ बजेदेखि लागू भएको यो निर्णय आगामी बैशाख २०७७ वैशाख १८ गतेसम्मका लागि लागू हुने छ । त्यसपछि कोरोनाको विश्वव्यापी प्रभावलाई हेरेर थप निर्णय गरिने समितिले जनाएको छ ।

यो नियम गैर आवासीय नेपालीहरू जसले गैरआवासीय नेपाली परिचयपत्रका आधारमा विमानस्थल वा अन्य नाकामा भिषा प्राप्त गर्दै आएका छन्, उनीहरुमा पनि लागू हुने बताइएको छ । यस्तै सरकारले विदेशयात्राबाट फर्केका कामदार, विद्यार्थी तथा पर्यटक भिषामा विदेश गएकाहरुलाई पनि नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले, विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गर्दै नेपालमै रहेकाहरुलाई पनि विशेष सतर्क रहन भनेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...
दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...
राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...
आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...
Top