के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


अहिले हाम्रो देशका युवाहरू अवसरको खाजीमा विदेसी भुमिमा कामगर्न वाध्य छन्। प्रत्येक दिन १५ सयको हाराहारीमा युवाहरू विदेसिएको तथ्यांक छ। गाउँबस्तिहरू युवा विहिन भएका छन्। गाउँमा बृद्घ नागरिक र केटाकेटीहरूका मात्र छन्। किसानका खेतबारीहरू बाँझिएका छन्। छोरा छोरीहरूले विदेशबाट पठाएको पैसाले नुन, तेल चामल किनेर गुजारागर्ने नागरिकहरूको संख्या ठुलो छ।

– डा.देवीप्रसाद आचार्य
युवा अवस्था जीवनको उर्बर समय हो। १६ वर्ष पुगेर ४० ननाघेका उमेर समूहको जमात नै वास्तविक युवा जमात हो। पढाइ, लेखाइ जागीर, व्यापार उद्योग धन्दा या कुनै व्यबसायमा मानिस युवा समयमानै प्रवेश गर्दछ र जीवनको यात्रा अगाडि बढाउँछ। मानिसको जीवनमा आफ्नो भाग्यरेखा आफै कोर्ने समय पनि हो युवा अवस्था। अहिले हाम्रो देशका युवाहरू अवसरको खाजीमा विदेसी भुमिमा कामगर्न वाध्य छन्। प्रत्येक दिन १५ सयको हाराहारीमा युवाहरू विदेसिएको तथ्यांक छ। गाउँबस्तिहरू युवा विहिन भएका छन्। गाउँमा बृद्घ नागरिक र केटाकेटीहरूका मात्र छन्। किसानका खेतबारीहरू बाँझिएका छन्। छोरा छोरीहरूले विदेशबाट पठाएको पैसाले नुन, तेल चामल किनेर गुजारागर्ने नागरिकहरूको संख्या ठुलो छ।

देशमा राजनैतिक परिवर्तन भयो। तर सक्षम राजनेताको अभावमा राजनितिक परिवर्तनहरू संस्थापक हुन सकेनन्। २०४६ सालको राजनितिक परिवर्तन पछाडि २६ बर्षको अवधिमा २४ वटा सरकारहरू फेरिए। तर देशको मुहार फेरिन सकेन। मुलुकले विकासको गतिलिन सकेन। राज्यसंग विकासगर्ने स्पष्ट रोडम्यापको (मार्गचित्र) छैन। गरिवी,अभाव, बेरोजगार, लगायतका समस्याहरूले मुलुक ग्रस्त छ। विधिको शासन हराएको छ। भ्रष्टाचार, अत्याचार, नाताबाद, कृपाबाद र आफन्तवादले जरा गाडेको छ।

वेरोजगार हाम्रो देशको ठुलो सामाजिक समस्या हो। युवाहरू स्वदेशमा रोजगारीका अवसरहरूको अभावले विदेश पलायन हुन बाध्य भएका हुन्। विभिन्न कालखण्डका राजनीतिक परिवर्तनका लागि मुख्य भूमिका खेलेको युवावर्ग राजनीतिक अकर्मण्यताका कारणले रोजगारीको लागि विदेश जान बाध्य हुनुपरेको हो। स्वदेशमा भएका युवाहरू पनि कोही कुलतमा लागेका छन् त कोही राजनीतिक पार्र्टीका सत्तास्वार्थका साधनको रूपमा प्रयोग भएका छन्।

यसमा राज्य मुकदर्शक भएर बसेको छ। कुनै पनि देश विकास हुनको लागि त्यस देशका युवाशक्तिको भुमिका ठुलो हुन्छ। राज्यले युवाहरूको जोस, जाँगर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकासको गति सुन्य हुन्छ। एकातिर देशमा ठूलो संख्यामा रहेको युवावर्ग अवसरको अभावले विदेश पलायन भएको छ भने अर्कोतिर स्वदेशमा भएका युवाहरूको मन पनि अवसरहरूको अभावले कुँडिएको छ। युवाशक्तिको अभावमा मुलुकको कुनै पनि क्षेत्रमा विकास हुन सकेको छैन।

राज्यसंग नागरिकहरूलाई रोजगारीका अवसरहरू दिने कुनै योजना छैन। प्रजातन्त्रको २६ बर्षको दौरानमा एउटा पनि नयाँ उध्योगधन्दा खोलिएको छैन।

बरु भएका उध्योगहरू राजनितिक हस्तक्षेपको कारणले बन्द भएका छन्। एकातिर यही युवावर्गले विदेसी भुमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले देश चलेको छ भने अर्कोतिर स्वदेशमा बाँकी रहेका बेरोजगार युवाहरूको निराषा, कुण्ठा र आर्थिक अभावलाई राज्यले टुलुटुलु हेरेर बसेको अवस्थाछ। मुलुकको यस्तो विकराल समस्याको समाधानको लागि राज्यले योजना बनाएको खै रु

नेपालमा रोजगारीका अवसरहरू सिर्जनागर्नकोलागि कृषि, पशुपालन, जलस्रोत र पर्यटनका क्षेत्रहरूमा विकासगर्न जरुरी छ। प्राकृतिक स्रोत र साधनले भरिपुर्ण भएको हाम्रोजस्तो देशमा भिजन, मिसन र एक्सनको ईच्छाशक्ति भएको राजनेताको अभावले युवाहरू बेरोजगार हुन परेको हो। ठुला संख्यामा रहेका शिक्षित र अर्ध–शिक्षित युवा जमातलाई रोजगारदिइ मुलुकलाई समृद्घीको बाटोमा हिंडाउन राज्यले स्पष्ट मार्गचित्र बनाउनु पर्दछ।

युवावर्गको जोस र जाँगर र सीपलाइ प्रयोग नगरेसम्म देश विकास हुन सक्दैन। युवाहरूलाई स्वदेशमा नै आयआर्जनका अवसरहरू प्राप्त भएमा कुनै पनि युवा रहरले विदेसिंदैन। स्वदेशमा नै काम, माम र रोजगारीको व्यबस्था भएमा कान्छा र बहादुरका नाममा विदेशी भूमिमा श्रम र श्री वेच्न युवाहरू जाँदैनन्। उनीहरूको विदेशमोह स्वतः भंग हुन्छ। विदेशको भूमीमा काम गर्ने रहर नेपाली युवा युवतीहरूको होइन तर वाध्यता र जीवन यापनसंगको सरोकारले आज लाखौं लाख युवाशक्ति विदेशिएको हो।

स्वार्थले निर्लिप्त भएका राजनितिकदलहरू र यिनीहरूका कार्यशैलीले वास्तवमा देश र जनताको भाबनालाई लत्याएको अवस्था छ। समयको माग र नागरिकहरूको चाहाना बुझ्न नसक्ने राज्य अहिले काँसी जाने कुतिको बाटो भनेझैं उल्टो राजनितिक अभ्यासमा अभ्यस्त छ। हाम्रो देशमा प्रजातन्त्र केही व्यक्ति र समुहको लागि मात्र दुहुनो गाई भएको छ। आम नागरिकहरूको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गईरहेको छ।

मुलकमा तीब्र राननितिक परिवर्तन त भयो। तर नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकेन। राजनितीले देश बनाउने होइन। देश त नागरिकहरूले बनाउने होभन्ने यथार्थलाइ बुझ्न अब राज्यले ढिला गर्नु हुँदैन। अबको सुन्दर नेपाल युवाहरूको मिहिनेतले मात्र निर्माण हुन सक्दछ। नयाँ नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने होभने विकासका संभावनाका क्षेत्रहरूमा योजनाकासाथ कार्यक्रमहरू तयगरी युवाहरूलाई संलग्न गर्न आवस्यक छ।

विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका युवाहरूलाई स्वदेशमा नै आयआर्जनका बाटाहरू खाल्नका लागि कृषि र पशुपालनमा आधुिनक तरिकाले व्यबसाय गर्नको लागि राज्यले योजना बनाउन आबस्यक छ। प्रत्येक गाविसका युवाहरूलाई सदरमुकामहरूमा कृषि, पशुपालन, मत्स्यपालन, माहुरीपालन र घरेलु उध्योग लगायतका प्राविधिक शिक्षामा आधारित तालिमहरू समेत दिएर दक्ष बनाउने राष्ट्रिय आयोजना शुरुगर्न आस्यक छ। राज्यले माथि उल्लेखित क्षेत्रहरूमा लगानी गरेर लाखौं युवाहरूलाई राजगार दिने योजना बनाउन अब ढिला गर्नु हुँदैन।

मुलकको बिग्रीएको राजनैतिक संस्कार, खल्बलीएको संस्कृतिक र सामाजिक सद्भावलाई जोगाउन र रूपान्तरण गर्न पनि युवाहरूको भुमिकाको खाँचो छ। युवाहरूलाई बिदेश जानबाट रोकेर स्वदेश मै भविष्यको खोजीमा लाग्न सक्ने आर्थिक अवसरहरूको सिर्जना राज्यले गर्नुपर्दछ। युवाहरूलाई आयआर्जनको काममा संलग्न गराउन राज्यले अल्पकालीन र दीर्घकालीन योजना र परियोजनाहरूको स्थापना गर्नुपर्दछ। युवाहरू देशभित्र भएपछि देश विकास मात्र होइन राजनितिक संशोधन र समाज रूपान्तरणमा पनि सहज हुन्छ। यस अर्थमा युवाहरूलाई स्वदेशमा नै बसी नयाँ नेपाल निमार्णको यात्रामा जोस, जाँगर र सीप प्रयोग गर्ने वाताबरणको सिर्जना गर्न अत्यन्तै जरुरी छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी ५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी

२०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका...

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’ इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

२०७७ असार ९ गते मंगलबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

Top