समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

Best Khabar Team | २०७७ भाद्र २७ गते शनिबार


१२ सेप्टेम्बर, २०२०
फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर समुदायका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले एकसाताको लागि सदरमुकाम सिल गरेको छ । समुदायस्तरमा आवतजात गरेका एकजना व्यक्तिमा कोरोना देखिएपछि आजदेखि लागूहुने गरी प्रमुख जिल्ला अधिकारीले एक साताका लागि जिल्ला सदरमुकाम सिल गरेको घोषणा गरेका हुन् ।

पर्वतमा पहिलो पटक क्वारेन्टाइन बाहिर समुदायका व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलन नदिन भन्दै स्थानीय प्रशासनले सदरमुकाम सिल गरेको हो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार कुस्माको बजार क्षेत्रमा पर्ने कुस्मा नगरपालिकाका अन्र्तगतको चार नम्बर वडामा औषधीलगायत अत्यावश्यकीय सेवा बाहेक अन्य सबै क्षेत्र १ साताका लागि बन्द गरिएको छ ।

वडा नम्बर चारका साथै ५, ६ र ७ मा पनि थप कडाई गरिएको बताइएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गरिएको र रिपोर्ट नआउञ्जेलका लागि आवागमनमा कडाई गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । केही दिनअघि कुश्मा नगरपालिका वडा न ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि बजार बन्द गर्ने निर्णय भएको हो ।

संक्रमितको सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्थानीय प्रशासनले स्वाब परीक्षण गरेको र त्यसको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको...

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

Top