समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

Best Khabar Team | २०७७ भाद्र २७ गते शनिबार


१२ सेप्टेम्बर, २०२०
फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर समुदायका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले एकसाताको लागि सदरमुकाम सिल गरेको छ । समुदायस्तरमा आवतजात गरेका एकजना व्यक्तिमा कोरोना देखिएपछि आजदेखि लागूहुने गरी प्रमुख जिल्ला अधिकारीले एक साताका लागि जिल्ला सदरमुकाम सिल गरेको घोषणा गरेका हुन् ।

पर्वतमा पहिलो पटक क्वारेन्टाइन बाहिर समुदायका व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलन नदिन भन्दै स्थानीय प्रशासनले सदरमुकाम सिल गरेको हो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार कुस्माको बजार क्षेत्रमा पर्ने कुस्मा नगरपालिकाका अन्र्तगतको चार नम्बर वडामा औषधीलगायत अत्यावश्यकीय सेवा बाहेक अन्य सबै क्षेत्र १ साताका लागि बन्द गरिएको छ ।

वडा नम्बर चारका साथै ५, ६ र ७ मा पनि थप कडाई गरिएको बताइएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गरिएको र रिपोर्ट नआउञ्जेलका लागि आवागमनमा कडाई गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । केही दिनअघि कुश्मा नगरपालिका वडा न ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि बजार बन्द गर्ने निर्णय भएको हो ।

संक्रमितको सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्थानीय प्रशासनले स्वाब परीक्षण गरेको र त्यसको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक

२०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

Top