कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा

Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार


१८ मार्च, २०२०
काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को बारेमा अनावश्यक समाचार, सूचना तथा जानकारी प्रशारण तथा प्रकाशन गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयागकर्तालाई कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्लो समयमा नेपालका विभिन्न अनलाईन तथा युट्युव च्यानलहरुमा कोरोना भाइरसको बारेमा समाजमा भ्रम फैलाउने खालका तथ्यहिन तथा अनावश्यक जानकारी तथा सूचना सार्वजनिक भै रहेको अवस्थामा सरकारको यो निर्णय आएको हो ।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले विश्वव्यापी विपत्तिको यस अवस्थामा समाजमा सहि सूचना प्रवाह गर्न तथा भ्रमण र अनावश्यक सामग्री प्रचारप्रसार नगर्न सबैलाई सूचित गरेको छ । अन्यथा सरकारले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने भन्दै यस्ता सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको बारेमा नियमित रुपमा अनुगमन भै रहने बताइएको छ ।

पछिल्लो समयमा नेपालका पुराना सञ्चारकर्मीहरुले सञ्चालन गरेका अनलाईनहरुमै कोरोनाका बारेमा भ्रामक समाचारहरु आउन थालेपछि यसतर्फ आम नागरिकले हेलो सरकार मार्फत् सरकारको ध्यानाकर्षण गराएको थियो । सरकारको यो निर्णय पछि अर्नगल तथा तथ्यहिन सूचना तथा जानकारी प्रवाह गर्नेमाथि कडा कारबाही हुने भएको छ । सञ्चारमन्त्रालय, प्रेस काउन्सिललगायत नियमक निकायहरुले यसको नियमितरुपमा अनुगमन गर्नेछन् ।

कुनै सञ्चारमाध्यम, अनलाईन तथा सामाजिक सञ्जालप्रयोगकर्ताले कोरोना भाइरसको बारेमा भ्रम तथा तथ्यहिन सामग्री प्रकाशन तथा प्रसारण गरेको पाएमा प्रमाणसहित हेल्लो सरकार तथा नजिकको प्रहरीमा खबर गर्न सकिनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...

स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...

युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर) यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...

Top