Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को बारेमा अनावश्यक समाचार, सूचना तथा जानकारी प्रशारण तथा प्रकाशन गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयागकर्तालाई कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्लो समयमा नेपालका विभिन्न अनलाईन तथा युट्युव च्यानलहरुमा कोरोना भाइरसको बारेमा समाजमा भ्रम फैलाउने खालका तथ्यहिन तथा अनावश्यक जानकारी तथा सूचना सार्वजनिक भै रहेको अवस्थामा सरकारको यो निर्णय आएको हो ।
रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले विश्वव्यापी विपत्तिको यस अवस्थामा समाजमा सहि सूचना प्रवाह गर्न तथा भ्रमण र अनावश्यक सामग्री प्रचारप्रसार नगर्न सबैलाई सूचित गरेको छ । अन्यथा सरकारले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने भन्दै यस्ता सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको बारेमा नियमित रुपमा अनुगमन भै रहने बताइएको छ ।
पछिल्लो समयमा नेपालका पुराना सञ्चारकर्मीहरुले सञ्चालन गरेका अनलाईनहरुमै कोरोनाका बारेमा भ्रामक समाचारहरु आउन थालेपछि यसतर्फ आम नागरिकले हेलो सरकार मार्फत् सरकारको ध्यानाकर्षण गराएको थियो । सरकारको यो निर्णय पछि अर्नगल तथा तथ्यहिन सूचना तथा जानकारी प्रवाह गर्नेमाथि कडा कारबाही हुने भएको छ । सञ्चारमन्त्रालय, प्रेस काउन्सिललगायत नियमक निकायहरुले यसको नियमितरुपमा अनुगमन गर्नेछन् ।
कुनै सञ्चारमाध्यम, अनलाईन तथा सामाजिक सञ्जालप्रयोगकर्ताले कोरोना भाइरसको बारेमा भ्रम तथा तथ्यहिन सामग्री प्रकाशन तथा प्रसारण गरेको पाएमा प्रमाणसहित हेल्लो सरकार तथा नजिकको प्रहरीमा खबर गर्न सकिनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...
अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...
धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको दाबी
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन...
नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९...
Top