Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०
ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो चिडियाखानाको रुपमा रहेको सदर चिडियाखाना (जु) पनि आम नागरिकका लागि अनिश्चितकालका लागि बन्द भएको छ । विभिन्न घरपालुवा तथा जंगली बन्यजन्तु तथा पशुपंक्षीलाई पालेर राखिएको चिडियाखानामा त्यहाँका कर्मचारी बाहेक अन्यलाई प्रवेश भोलिबाट अनिश्चितकालका लागि बन्द गर्न लागिएको हो ।
बढ्दो कोरोनाको संक्रमणबाट बचाउनका लागि पूर्व तयारी स्वरुप चिडियाखाना बन्द गर्न लागिएको बताइएको छ । चिडियाखाना कहिलेसम्मका लागि बन्द हुनेभन्ने बारेमा केही नबताइएपनि कम्तीमा बैशाख १५ सम्मका लागि बन्द हुने चिडियाखाना सम्बद्ध कर्मचारीहरु बताउँछन् । हाल चिडियाखानाका रहेका पशुपंक्षी हेर्नका लागि दैनिक सयौंको संख्यामा सर्वसाधारणहरु आउने गर्दछन् ।
अहिले विद्यालय तथा क्याम्पस बन्द भएपछि यो संख्या दोब्बर हुने गरेको थियो । मानिसहरुको चाप बढ्दा यसले कोरोनाको जोखिम समेत बढाउने भन्दै तत्कालका लागि चिडियाखाना बन्द गरिएको सदर चिडियाखानाले जनाएको छ ।
कोरोनाका कारण चीनमा कुकुरसमेत मरेको समाचार सार्वजनिक भै रहेका बेला मानिसबाट बन्यजन्तु तथा बन्यजन्तुबाट मानिसमा संक्रमण फैलनसक्ने खतरा बढेकाले पनि यो निर्णय लिइएको बुझिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अब उप्रान्त देशका ७७...
Top