Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०
ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो चिडियाखानाको रुपमा रहेको सदर चिडियाखाना (जु) पनि आम नागरिकका लागि अनिश्चितकालका लागि बन्द भएको छ । विभिन्न घरपालुवा तथा जंगली बन्यजन्तु तथा पशुपंक्षीलाई पालेर राखिएको चिडियाखानामा त्यहाँका कर्मचारी बाहेक अन्यलाई प्रवेश भोलिबाट अनिश्चितकालका लागि बन्द गर्न लागिएको हो ।
बढ्दो कोरोनाको संक्रमणबाट बचाउनका लागि पूर्व तयारी स्वरुप चिडियाखाना बन्द गर्न लागिएको बताइएको छ । चिडियाखाना कहिलेसम्मका लागि बन्द हुनेभन्ने बारेमा केही नबताइएपनि कम्तीमा बैशाख १५ सम्मका लागि बन्द हुने चिडियाखाना सम्बद्ध कर्मचारीहरु बताउँछन् । हाल चिडियाखानाका रहेका पशुपंक्षी हेर्नका लागि दैनिक सयौंको संख्यामा सर्वसाधारणहरु आउने गर्दछन् ।
अहिले विद्यालय तथा क्याम्पस बन्द भएपछि यो संख्या दोब्बर हुने गरेको थियो । मानिसहरुको चाप बढ्दा यसले कोरोनाको जोखिम समेत बढाउने भन्दै तत्कालका लागि चिडियाखाना बन्द गरिएको सदर चिडियाखानाले जनाएको छ ।
कोरोनाका कारण चीनमा कुकुरसमेत मरेको समाचार सार्वजनिक भै रहेका बेला मानिसबाट बन्यजन्तु तथा बन्यजन्तुबाट मानिसमा संक्रमण फैलनसक्ने खतरा बढेकाले पनि यो निर्णय लिइएको बुझिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...
युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...
पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...
काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती...
Top