प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार


०४ मार्च, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान झण्डै ५ घण्टा लगाएर उहाँको मृगौला प्रत्यारोण गरिएको चिकित्सकहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्न शिक्षणा अस्पतालका चिकित्सक प्रेमराज ज्ञवालीको नेतृत्वमा झण्डै एक दर्जन चिकित्सक खटिएका थिए । प्रधानमन्त्रीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगौला दान गरेकी थिइन् । उनको मृगौला निकालेर प्रधानमन्त्री ओलीको शरीरमा राखिएको हो ।

मृगौला प्रत्यारोपण गरिएपछि उनको मृगौलाले काम गर्न थालेको चिकित्सहरुले जनाएका छन् । मृगौलाको मुख्य काम रगतबाट फोहोर छानेर पिसाव बनाउने हो र ओलीको नयाँ फेरिएको मृगौलाले त्यो काम शुरु गरिसकेको अस्पताले जनाएको छ । मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । यसअघि २०६४ साउनमा भारतमा गएर उनले मृगौला प्रत्यारोपण गरिएको थियो ।

भारतको एपोलो अस्पतालमा फेरिएको मृगौलाले काम गर्न विस्तार कम हुँदै गएपछि केही समययता डाइलाइसिस गरिँदै आएको थियो । ओलीका साथै मृगौला दान गर्ने समिक्षाको अवस्थामा पनि सामान्य रहेको अस्पतालले जनाएको छ । केही दिन अस्पतालमै राखेर प्रधानमन्त्रीको उपचार गर्नुपर्ने भएकाले कम्तीमा एकसाता प्रधानमन्त्री ओली अस्पताल रहने भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित) चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

२०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...

Top