प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार


०४ मार्च, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान झण्डै ५ घण्टा लगाएर उहाँको मृगौला प्रत्यारोण गरिएको चिकित्सकहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्न शिक्षणा अस्पतालका चिकित्सक प्रेमराज ज्ञवालीको नेतृत्वमा झण्डै एक दर्जन चिकित्सक खटिएका थिए । प्रधानमन्त्रीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगौला दान गरेकी थिइन् । उनको मृगौला निकालेर प्रधानमन्त्री ओलीको शरीरमा राखिएको हो ।

मृगौला प्रत्यारोपण गरिएपछि उनको मृगौलाले काम गर्न थालेको चिकित्सहरुले जनाएका छन् । मृगौलाको मुख्य काम रगतबाट फोहोर छानेर पिसाव बनाउने हो र ओलीको नयाँ फेरिएको मृगौलाले त्यो काम शुरु गरिसकेको अस्पताले जनाएको छ । मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । यसअघि २०६४ साउनमा भारतमा गएर उनले मृगौला प्रत्यारोपण गरिएको थियो ।

भारतको एपोलो अस्पतालमा फेरिएको मृगौलाले काम गर्न विस्तार कम हुँदै गएपछि केही समययता डाइलाइसिस गरिँदै आएको थियो । ओलीका साथै मृगौला दान गर्ने समिक्षाको अवस्थामा पनि सामान्य रहेको अस्पतालले जनाएको छ । केही दिन अस्पतालमै राखेर प्रधानमन्त्रीको उपचार गर्नुपर्ने भएकाले कम्तीमा एकसाता प्रधानमन्त्री ओली अस्पताल रहने भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लेखक भण्डारी भए ब्रह्मलिन लेखक भण्डारी भए ब्रह्मलिन

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं...

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे…. जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...

विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज

२०७५ चैत्र ९ गते शनिबार

२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...

Top