Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९
नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई थप उपचारका लागि भारत पु-याइएको छ । छोरी गंगा दाहाल तथा नेकपाका नेता मातृका यादवसहितको टोलीले सितालाई उपचारका लागि भारतको हरिद्वारस्थित योगगुरु रामदेवको आश्रममा पु-याएको हो । आफ्नी आमालाई उपचारका लागि भारतको हरिद्वारस्थित रामदेव आश्रम पु-याइएको भन्दै छोरी गंगाले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गरेकी छन् ।

केही फोटो योगगुरु रामदेव, आचार्य बालकृष्णलगायतसँग बसेर खिचेको देख्न सकिन्छ । विगत लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रस्त सितालाई यसअघि देश बाहिर अमेरिका, सिंगापुरलगायतका स्थानमा पु-याइएको थियो । देशभित्रै पनि विभिन्न ठाउँमा लगेर सितालाई उपचार गराईको भएपनि उनको अवस्था दिन थप कमजोर बनेपछि भारत लगिएको हो ।
हामीले यहाँ सार्वजनिक गरेका केही तस्वीरहरु प्रचण्डकी छोरी गंगा दाहालको फेसबुकबाट साभार गरेका हौं ।




स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...
खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व
२०७६ मंशिर २३ गते सोमबार
नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...
सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए
२०७७ माघ ३ गते शनिबार
१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...
Top