प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)

Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार


२० डिसेम्बर, २०१९
नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई थप उपचारका लागि भारत पु-याइएको छ । छोरी गंगा दाहाल तथा नेकपाका नेता मातृका यादवसहितको टोलीले सितालाई उपचारका लागि भारतको हरिद्वारस्थित योगगुरु रामदेवको आश्रममा पु-याएको हो । आफ्नी आमालाई उपचारका लागि भारतको हरिद्वारस्थित रामदेव आश्रम पु-याइएको भन्दै छोरी गंगाले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गरेकी छन् ।

केही फोटो योगगुरु रामदेव, आचार्य बालकृष्णलगायतसँग बसेर खिचेको देख्न सकिन्छ । विगत लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रस्त सितालाई यसअघि देश बाहिर अमेरिका, सिंगापुरलगायतका स्थानमा पु-याइएको थियो । देशभित्रै पनि विभिन्न ठाउँमा लगेर सितालाई उपचार गराईको भएपनि उनको अवस्था दिन थप कमजोर बनेपछि भारत लगिएको हो ।

हामीले यहाँ सार्वजनिक गरेका केही तस्वीरहरु प्रचण्डकी छोरी गंगा दाहालको फेसबुकबाट साभार गरेका हौं ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...

१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत १० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

२०७६ चैत्र २३ गते आइतबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...

कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...

Top