विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि हालसम्म विश्वभर साढे ७ लाख भन्दा बढी मानिसको मृत्यु भै सकेको छ । कोरोना भाइरससम्बन्धी सबै तथ्यांक अद्यावधिक गर्ने ओल्र्डोमिटर डटकमले जारी गरेको पछिल्लो तथ्यांक अनुसार विश्वभर यो समाचार तयार पार्दासम्म ७ लख ५७ हजार ४ सय ९५ जनाको ज्यान गएको छ ।

यस अवधिमा विश्वभर कोरोनाका कारण २ करोड १० लाख ७४ हजार भन्दा बढी मानिसहरु प्रभावित बनेका छन् । संक्रमितमध्ये हालसम्म १ करोड ३९ लाख २५ हजार ६ सय १२ जना निको भएका छन् । कोरोनाबाट हालसम्म सबैभन्दा बढी प्रभावित देशको रुपमा अमेरिका रहेको छ । त्यसपछि क्रमश ब्राजिल, भारत, रसिया, दक्षिण अफ्रिका, पेरु तथा मेक्सिको रहेका छन् ।

विश्वका १ सय ५० भन्दा बढी देशमा अहिले पनि दैनिकरुपमा नयाँ कोरोना संक्रमित भेटिइरहेका छन् । यद्यपि स्पेन, इटालीजस्ता देशमा अहिलेपनि संक्रमितको संख्या देखिइरहेको भएपनि मृत्युदर भने अत्यन्तै न्यून हुँदै गएको छ ।२०१९ को डिसेम्बर दोश्रो सातादेखि चीनको बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरसले अहिले दक्षिण एसियाली मुलुकमा भारत, नेपाल बंगलदेश, पाकिस्तानलगायतका देशहरुलाई नराम्ररी प्रभावित पारेको छ ।

साभार : ओल्डोमिटर डटकम ।

हालसम्म एन्ग्युलिया, भ्याटिकन सिटी, फाल्कल्याण्ड आइसल्याण्ड, ग्रिनल्याण्ड, डोमिनिका,सेन्ट्किट्स एण्ड निभिस्,सेइन्ट् लुसिया, मकाओले आफ्नो देश कोरोना मुक्त देश भएको घोषणा गरिसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’ २०७७ बैशाख ३ सम्म ‘लकडाउन’

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...

बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो

२०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का...

Top