राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने

Best Khabar Team | २०७६ मंशिर १९ गते बिहिबार


०५ डिसेम्बर, २०१९
काठमाडौं । गत २०७२ साल बैसाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको काठमाडौंको सुन्धरामा रहेको धरहराको पुर्ननिर्माण अवको एक वर्षमा सम्पन्न हुने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।

भूकम्पको झण्डै ५ वर्षपछि प्राधिकरणले अबको एक वर्षमा धरहराको मूख्य संरचना निर्माण भै सक्ने दाबी गरेको हो । यद्यपि धरहराको पुर्ननिर्माणको गुरुयोजना अनुसारको काम सम्पन्न हुन भने थप केही समय लाग्ने प्राधिकरणको भनाई छ । घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताउनु भएको हो ।

धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो(समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं।धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं ।

तस्वीर सौजन्य : पुननिर्माण प्राधिकरण

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आंशका व्यक्त गर्नु भएको थियो । बैठकमा उहाँले भन्नुभयो- धरहरा निर्माण गर्ने कम्पन्नी क्षतिपूर्ति लिने दाउमा छ ।अहिलेको तालले १० वर्षमा पनि बन्दैन । धरहरा बन्दै बन्दैन । मेरो आपत्ति छ ।

धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।ुकेहीले धरहरा पुनर्निर्माणको विरोध गरेका छन् । तर, धरहरा पुनर्निर्माणका लागि जनस्तरबाट पूर्ण सहयोग छ।जनताका कारण एक दिन पनि रोकिदैन’ उहाँले भन्नुभयो ।

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ । प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ ।

समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिनुभयो ।

सांसदहरुले धरहरा पुनर्निर्माणलाई सम्पन्न गर्न अनुगमनलाई प्रभावकारी पार्न अनुरोध गर्दै समितिले पनि तीन(तीन महिनामा अनुगमन गर्नुपर्नेमा जोड दिनु भएको थियो । धरहराको तीन तलाको ढलान भइसकेको छ ।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल, झपट रावल लगायतले पुनर्निर्माण सन्तोषजनक रुपमा बढेको बताउनु भएको थियो।उहाँहरुले पुनर्निर्माणमा भएको प्रगतिले आशा बढाएको पनि धारणा व्यक्त गर्नुभयो।

सुरुमा व्यवस्थापकीय समस्या देखिएको थियो । पछिल्लो समयमा पुनर्निर्माणले गति लिएको छ । यो सन्तोषजनक छु सांसद बडुले भन्नुभयो ।

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले रानीपोखरी बन्नेमा पनि आशंका व्यक्त गर्नु भएको थियो । उहाँले भन्नुभयो -जुन ढङ्गले काम गरेको छ, त्यो स्टाइलले रानीपोखरी पनि बन्दैन ।ु

यतिबेला रानीपोखरीको पिँधमा कालोमाटो राखेर इट्टा बिच्छाउने काम भइरहेको छ भने बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकालीन शैलीमा बनाइँदैछ ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चार वर्षमा पुनर्निर्माणमा भएका उपलब्धीहरु र चुनौतीबारे जानकारी गराउनु भएको थियो । बैठकमा सांसदहरुले एकीकृत बस्ती, भूकम्प पीडितलाई उपलब्ध गराइने सहुलियतपूर्ण ऋण, सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापन, शहरी पुनर्निर्माण, पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी भएरनभएको, जीविकोपार्जन, प्राविधिकहरुको परिचालन लगायतका विषयमा चासो व्यक्त गर्नु भएको थियो ।

बैठकमा सांसद अमरेश कुमार सिंह, प्रेम सुवाल, रेखा शर्मा, यशोधा सुवेदी, मिना पाण्डे लगायतले पुनर्निर्माण सम्बन्धी जिज्ञासा राख्नु भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...

सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया

२०७७ श्रावण १३ गते मंगलबार

२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...

देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

Top