भागरथीको हत्यारा को ?

Best Khabar Team | २०७७ माघ २६ गते सोमबार


०८ फेब्रुअरी, २०२१
बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ २२ गते साँझ आफ्नै घर छेउमा रहेको जंगलमा शव भेटियो । माघ २१ गते दिउँसोदेखि बेपत्ता भएकी भागरथी भट्टको भोलिपल्ट साँझ घर नजिकै रहेको जंगलमा शव भेटिएपछि उनको परिवार शोकमा डुब्यो, सिँगो गाउँ नै स्तब्भ भयो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भट्ट २१ गते बिहान सदा झै विद्यालय (उच्चमावि) मा पढ्नका लागि गएकी थिएन् तर दिउँसो विद्यालयबाट फर्केलगत्तै उनी बाटैबाट वेपत्ता भइन् ।

उनका परिवार तथा आफन्तले उनको रातभर र भोलिपल्ट दिनभर खोजी गरेपनि २२ गते साँझ उनलाई लबलेकको जंगल मृत अवस्थामा फेला पारियो । क्याम्पसबाट फर्केकी भट्टराई कसले र किन के कारणले हत्या ग-यो भन्ने तथ्य खुल्न सकेको छैन । तर उनको शव भेटिएको घटनास्थलमा भेटिएको मोबाइल, शवको फरेन्सिक परीक्षणलगायतबाट हालसम्म प्राप्त भएको प्रमाण अनुसार उनको बलात्कार पछि हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।

तर उनको बलात्कारमा को संलग्न थियो भन्ने विषयमा अहिले प्रहरीले उनको सामाजिक सञ्जाल तथा मोबाइल फोनको ‘हिस्ट्री’को सुक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले हाल उनको ‘भेजाईनल स्वाब’को परीक्षण अघि बढाएको छ । भागरथीलाई नजिकबाट चिन्ने छिमेकी तथा साथीभाईहरुले उनको कुनै सत्रु नभएको तथा उनी असल र इमान्दार किशोरी भएको बताउँदै आएका छन् ।

“तर उनको बलात्कारमा को संलग्न थियो भन्ने विषयमा अहिले प्रहरीले उनको सामाजिक सञ्जाल तथा मोबाइल फोनको ‘हिस्ट्री’को सुक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले हाल उनको ‘भेजाईनल स्वाब’को परीक्षण अघि बढाएको छ ।’’

केहीदिन अघिमात्रै भागिरथीको बुबाको मृत्यु भएको थियो । जसका कारण उनी झण्डै २ साता पछिमात्रै पुनः विद्यालय आएकी थिइन् । अहिले घटनामा संलग्नलाई कारबाहीको मागगर्दै बैतडीका विभिन्न संघ संस्थाले स्थानीय प्रशासनदेखि प्रदेश सरकारलाई दबाव दिँदै आएका छन् । प्रहरीले घटनाको सत्यतथ्य पत्तालगाई दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

पछिल्ला दिनहरुमा निरन्तररुपमा बलात्कार र हत्याका घटना बढी रहेपनि दोषी पत्ता लगाउन नसक्दा आम सर्वसाधारण भने त्रसित बन्दै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु

२०७७ भाद्र २८ गते आइतबार

१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...

दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...

अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

Top