भागरथीको हत्यारा को ?

Best Khabar Team | २०७७ माघ २६ गते सोमबार


०८ फेब्रुअरी, २०२१
बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ २२ गते साँझ आफ्नै घर छेउमा रहेको जंगलमा शव भेटियो । माघ २१ गते दिउँसोदेखि बेपत्ता भएकी भागरथी भट्टको भोलिपल्ट साँझ घर नजिकै रहेको जंगलमा शव भेटिएपछि उनको परिवार शोकमा डुब्यो, सिँगो गाउँ नै स्तब्भ भयो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भट्ट २१ गते बिहान सदा झै विद्यालय (उच्चमावि) मा पढ्नका लागि गएकी थिएन् तर दिउँसो विद्यालयबाट फर्केलगत्तै उनी बाटैबाट वेपत्ता भइन् ।

उनका परिवार तथा आफन्तले उनको रातभर र भोलिपल्ट दिनभर खोजी गरेपनि २२ गते साँझ उनलाई लबलेकको जंगल मृत अवस्थामा फेला पारियो । क्याम्पसबाट फर्केकी भट्टराई कसले र किन के कारणले हत्या ग-यो भन्ने तथ्य खुल्न सकेको छैन । तर उनको शव भेटिएको घटनास्थलमा भेटिएको मोबाइल, शवको फरेन्सिक परीक्षणलगायतबाट हालसम्म प्राप्त भएको प्रमाण अनुसार उनको बलात्कार पछि हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।

तर उनको बलात्कारमा को संलग्न थियो भन्ने विषयमा अहिले प्रहरीले उनको सामाजिक सञ्जाल तथा मोबाइल फोनको ‘हिस्ट्री’को सुक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले हाल उनको ‘भेजाईनल स्वाब’को परीक्षण अघि बढाएको छ । भागरथीलाई नजिकबाट चिन्ने छिमेकी तथा साथीभाईहरुले उनको कुनै सत्रु नभएको तथा उनी असल र इमान्दार किशोरी भएको बताउँदै आएका छन् ।

“तर उनको बलात्कारमा को संलग्न थियो भन्ने विषयमा अहिले प्रहरीले उनको सामाजिक सञ्जाल तथा मोबाइल फोनको ‘हिस्ट्री’को सुक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले हाल उनको ‘भेजाईनल स्वाब’को परीक्षण अघि बढाएको छ ।’’

केहीदिन अघिमात्रै भागिरथीको बुबाको मृत्यु भएको थियो । जसका कारण उनी झण्डै २ साता पछिमात्रै पुनः विद्यालय आएकी थिइन् । अहिले घटनामा संलग्नलाई कारबाहीको मागगर्दै बैतडीका विभिन्न संघ संस्थाले स्थानीय प्रशासनदेखि प्रदेश सरकारलाई दबाव दिँदै आएका छन् । प्रहरीले घटनाको सत्यतथ्य पत्तालगाई दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

पछिल्ला दिनहरुमा निरन्तररुपमा बलात्कार र हत्याका घटना बढी रहेपनि दोषी पत्ता लगाउन नसक्दा आम सर्वसाधारण भने त्रसित बन्दै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना भाइरसको नाम अब ‘कोभिड १९’ कोरोना भाइरसको नाम अब ‘कोभिड १९’

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...

चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...

सरकारले भन्यो : कुलमान घिसिङ्लाई  प्राधिकरणको कार्यकारी निर्देशकमा  निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...

Top