बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०६ मार्च, २०२०
लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको अवस्था गम्भीर बनेको छ । कोरोनाको संक्रमण भएपछि आफ्नै निवासमा आराम गरिरहेका बोरिसको स्वास्थ्य विग्रँदै गएपछि चिकित्सकहरुको सल्लाह अनुसार उनलाई हिजो अस्पतालको आइसोलेसन कक्षमा राखिएर उपचार थालिएको थियो ।

तर त्यसको २४ घण्टा वित्न नपाउँदै उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई अति सघन कक्षमा राखेर उच्च निगरानीमा उपचार गरिँदै छ । गत मार्च २७ मा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनी त्यसयता घरमै आइसोलेसनमा बस्दै आएका थिए । प्रधानमन्त्रीले अत्यावश्यक काम सबै काम र बैठकहरु आफ्नो घरबाटै भिडियो कन्फरेन्स र इमेलमार्फत् सञ्चालन गर्दै आएको भएपनि पछिल्लो केहीदिन यता उनको स्वास्थ्य थप जटिल बन्दै गएपछि उनलाई हिजो लण्डनस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

लण्डनको सेन्ट थोमस हस्पतालमा उपचाररत नको अवस्था स्थिर रहेको बिबिसीले जनाएको छ । ५५ वर्षका प्रधानमन्त्री जोनसोनमा १० दिन अघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म बेलायतमा कोरोनाका कारण ५ हजार ३ सय ७३ जनाको ज्यान गएको छ भने ५१ हजार ६ सय ८ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ सय ३९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । तर १ सय ३५ जना भने सफल उपचार पछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...

भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...

मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो...

Top