Best Khabar Team | २०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१
न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा पराजित बनेका अमेरिकाका निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन (ह्वाईट हाउस) छाडेका छन् । उनले आफ्नो कार्यकाल पुरा भएकै दिन अर्थात् आज ह्वाईटहाउस छाडेका हुन् । नोभेम्बरमा भएको चुनावमा जो बाइेनसँग पराजित भएसँगै ट्रम्पको कार्यकाल आजदेखि समाप्त हुँदै थियो । यही बीचमा ट्रम्पले आजैबाट लागूहुने गरी ह्वाईटहाउस छाडेका हुन् ।

यसअघि नोभेम्बरमा भएको चुनावको मत परिणाममा असहमति जनाउँदै ट्रम्पले विभिन्न खाले टिका टिप्पणी गर्दै आएका थिए । उनले चुनावमा धाँधली भएको भन्दै यसको छानबिन गर्न मागसमेत गरेका थिए । यही विषयलाई लिएर केहीदिन अघि ह्वाईट हाउसमा प्रदर्शनसमेत भएको थियो ।
ह्वाईट हाउस छाड्दै गर्दा ट्रम्पले आफू नेतृत्वको अमेरिकी प्रशासनले निक्कै राम्रो काम गरेको बताएका छन् । तर उनले ह्वाईट हाउस छाड्नुअघि नवनिर्वाचित राष्ट्रपति वाईडेनलाई भने स्वागत गरेनन् । सामान्यतया नयाँ निर्वाचित राष्ट्रपति आएपछि उसलाई सत्ता हस्तान्तरण गर्ने औपचारिक परम्परालाई लत्ताउँदै ट्रम्प न्यूर्योक छाडेर फ्लोरिडा उडेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल
२०७६ चैत्र ६ गते बिहिबार
विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...
झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री
२०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको...
सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा...
ज्ञानेन्द्रले नारायणहिटी छाडेको १२ वर्ष पुरा : लोकतन्त्रको नाममा भै रहेका गतिविधिप्रति जनतामा चरम निराशा
२०७७ जेठ २९ गते बिहिबार
प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते ।...
Top