बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे

Best Khabar Team | २०७७ माघ ७ गते बुधबार


२० जनवरी, २०२१
न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा पराजित बनेका अमेरिकाका निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन (ह्वाईट हाउस) छाडेका छन् । उनले आफ्नो कार्यकाल पुरा भएकै दिन अर्थात् आज ह्वाईटहाउस छाडेका हुन् । नोभेम्बरमा भएको चुनावमा जो बाइेनसँग पराजित भएसँगै ट्रम्पको कार्यकाल आजदेखि समाप्त हुँदै थियो । यही बीचमा ट्रम्पले आजैबाट लागूहुने गरी ह्वाईटहाउस छाडेका हुन् ।

यसअघि नोभेम्बरमा भएको चुनावको मत परिणाममा असहमति जनाउँदै ट्रम्पले विभिन्न खाले टिका टिप्पणी गर्दै आएका थिए । उनले चुनावमा धाँधली भएको भन्दै यसको छानबिन गर्न मागसमेत गरेका थिए । यही विषयलाई लिएर केहीदिन अघि ह्वाईट हाउसमा प्रदर्शनसमेत भएको थियो ।

ह्वाईट हाउस छाड्दै गर्दा ट्रम्पले आफू नेतृत्वको अमेरिकी प्रशासनले निक्कै राम्रो काम गरेको बताएका छन् । तर उनले ह्वाईट हाउस छाड्नुअघि नवनिर्वाचित राष्ट्रपति वाईडेनलाई भने स्वागत गरेनन् । सामान्यतया नयाँ निर्वाचित राष्ट्रपति आएपछि उसलाई सत्ता हस्तान्तरण गर्ने औपचारिक परम्परालाई लत्ताउँदै ट्रम्प न्यूर्योक छाडेर फ्लोरिडा उडेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख १० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको...

Top