Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०
काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएकी गायिका आस्था राउतले आज प्रहरी समक्ष ‘आत्मसमर्पण’ गरेकी छिन् । उनले आफन्तसहित आज बिहान महानगरीय प्रहरी कार्यालय टेकुमा पुगेर आत्मसमर्पण गरेकी हुन् । प्रहरी कार्यालय टेकुमा पुगेलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परिक्षणको लागि काठमाडौंको वीर अस्पतालमा पु-याएको थियो ।
स्वास्थ्य जाँचपछि अस्पतालले उनको स्वास्थ्य सामान्य रहेको जनाएपछि उनलाई प्रहरीले हिरासतमा लिएर उनीमाथि परेको कसुरको विषयमा आवश्यक सोधपुछ गरिरहेको छ । गएको माघ १ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा खटिएकी प्रहरीमाथि अभ्रद व्यवहार गरेको अभियोगमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
त्यसलगत्तै उनलाई माघ ५ गते जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको थियो। डिउटीमा खटिएकी प्रहरी जवानले आफूमाथि गायिका आस्था राउतले अभद्र व्यवहार गरेको भन्दै उजुरी हालेकी थिइन् । उनमाथि अहिले प्रहरीले थप छानबिन गरिरहेको जनाएको छ । परिवारका सदस्यसहित प्रहरी कार्यालयमा हाजिर भएमा प्रहरीले उनलाई पक्राउ नगर्ने संकेत जनाएपछि उनले आज परिवारका सदस्यसहित प्रहरीमा पुगेर ‘आत्मसमर्पण’ गरेकी हुन् ।
उनले विमानस्थलमा गरेको व्यवहारको भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो । यो पनि पढ्नोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै
२०८० फाल्गुन १ गते मंगलबार
१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...
लेखक भण्डारी भए ब्रह्मलिन
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं...
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...
यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...
Top