Best Khabar Team | २०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९
वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ अर्भिंगले नेपालको काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको टोलीलाई आत्मिय स्वागत गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीसहितको टोली टेक्सस पुगेको छ । यी दुई देशका दुई शहरबीचको सम्बन्ध विस्तारको सेतुको रुपमा भ्रमणलाई लिइएको अधिकृत अधिकारीले जानकारी दिए । अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग एवं लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा तीन सदस्यीय नेपाली टोली अमेरिका पुगेको थियो । अमेरिकामा रहेका विभिन्न संघ संस्था तथा व्यवसायमा संलग्न प्रतिनिधिमण्डलसहित गोकर्णेश्वर नगरपाकिलाको टोलीलाई विशेष कार्यक्रममा बीच अमेरिकामा भव्य स्वागत गरिएको हो । १० दिन लामो अमेरिका भ्रमणका क्रममा टोलीले विशेष गरी फोहोर मैला व्यवस्थापन, शुद्ध खानेपानीलगायतका विषयमा विषयमा जानकारी लिने बताइएको छ । सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरले कार्यक्रममा नेपाली टोलीलाई अमेरिकामा स्वगत गर्न पाउँदा आफूलाई अन्त्यन्तै खुशी लागेको र भोलिका दिनमा नेपालसँग सहकार्य गरेर अघि बढ्न आफूहरु इच्छुक रहेको बताएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...
बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...
एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप...
भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
Top