नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

Best Khabar Team | २०७६ पुष १ गते मंगलबार


१७ डिसेम्बर, २०१९
वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ अर्भिंगले नेपालको काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको टोलीलाई आत्मिय स्वागत गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीसहितको टोली टेक्सस पुगेको छ । यी दुई देशका दुई शहरबीचको सम्बन्ध विस्तारको सेतुको रुपमा भ्रमणलाई लिइएको अधिकृत अधिकारीले जानकारी दिए । अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग एवं लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा तीन सदस्यीय नेपाली टोली अमेरिका पुगेको थियो । अमेरिकामा रहेका विभिन्न संघ संस्था तथा व्यवसायमा संलग्न प्रतिनिधिमण्डलसहित गोकर्णेश्वर नगरपाकिलाको टोलीलाई विशेष कार्यक्रममा बीच अमेरिकामा भव्य स्वागत गरिएको हो । १० दिन लामो अमेरिका भ्रमणका क्रममा टोलीले विशेष गरी फोहोर मैला व्यवस्थापन, शुद्ध खानेपानीलगायतका विषयमा विषयमा जानकारी लिने बताइएको छ । सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरले कार्यक्रममा नेपाली टोलीलाई अमेरिकामा स्वगत गर्न पाउँदा आफूलाई अन्त्यन्तै खुशी लागेको र भोलिका दिनमा नेपालसँग सहकार्य गरेर अघि बढ्न आफूहरु इच्छुक रहेको बताएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’ मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २...

तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन

२०७६ मंशिर २९ गते आइतबार

–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...

हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...

सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । सिराहामा रहेको कृषि विकास...

Top