Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो । आज सर्लाहीमा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीमा ३, नवलपरासी पूर्वमा १ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैलाई आइसोलेनमा राखेर उपचार थालिएको छ ।
संक्रमित सबैको अवस्था सामान्य रहेको छ । यस्तै देशभर कोरोनाको संक्रमणमा परी उपचाररत ७० जनाको उपचार सफल भएको मन्त्रालयको भनाई छ । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारत २१ जना आज कोरोनालाई जित्दै घर फर्र्केका हुन् । यसअघि देशका विभिन्न स्थानका ४९ जनाले कोरोना संक्रमणलाई जितेका थिए ।

देशभर हालसम्म ३ जनाको कोरोनाका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा एक महिला र २ पुरुष रहेका छन् । संक्रमणमा परेर उपचारमा रहेकाहरुमध्ये सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ । कोरोना संक्रमण फैलन नदिन सरकारले आगामी जेठ २० गतेसम्मका लागि मुलुकभर लकडाउन गरेको छ ।
यस्तै जेठ ३१ गतेसम्मका लागि देशभरका सिमानाका बन्द गरिएको छ । हवाई उडान पनि आगामी जेठ ३१ गतेसम्मका लागि बन्द गरिएको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले यसअघि नै बताइसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ
२०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...
८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...
बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...
फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री
२०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...
Top