मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी पालेका आशिष वंशललाई धेरैले बैरागी भयो भन्छन् । मारवाडी समुदायका वंशल खासमा आर्किटेक्ट हुनुहुन्छ । घर तथा आवासको डिजाइन गर्ने उहाँले पुस्तौनी पेशा वयापारसँगै विपद्मा सारथी बन्ने प्रयास गर्नुभयो । भारतको बैंगलोरमा रहेको आरवी कलेज अफ आर्किटेक्टबाट स्नातक गर्नुभएका वंशललाई महामारीले एउटा नयाँ जिम्मेवारी थपिदियो ।

कोरोना कहरबाट संसार नै यतिबेला त्रस्त छ । नेपाल पनि त्यसबाट अछुतो छैन । अस्पतालमा सामान्य रोग लागेकाको समेत उपचार हुन छाडेको छ । चिकित्सक र स्वास्थ्यकर्मी छुट्टै कोही कसैको उपचार गर्न मान्दैनन् । कोरोनाले सबैको मथिंगल हल्लाइदिएको छ । समस्यामा परेकाले समेत उपचार नपाएपछि वंशलको मनमा एउटा‘ ‘आइडिया’ फु-यो । अस्पतालको गेटमा एउटा त्यस्तो सामग्री राख्न पाए कोरोनाको असर कम गर्न सकिन्थ्यो ।

महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ बनाउने आशिष । तस्वीर प्रदिपराज वन्त, रासस

‘डिसइन्फेक्सन स्प्रे’ गर्न सकियो भने त्रास कम हुन्छ भन्ने चिकित्सकको सुझावलाई मारवाडी युवा मञ्चले वंशललाई जानकारी गरायो । उहाँको सोचमा मारवाडी युवा मञ्च सहयोगी बनेर खडा भयो । अस्पतालमा उपचारका लागि जाने बिरामी तथा स्वास्थ्यकर्मीलाई भाइरसरहित बनाउने सोचलाई साकार पार्न निमेष पनि खर्च नगरी लाग्नुभयो वंशल ।

अस्पतालमा स्यानिटाइजेशन बुथ (औषधि छर्ने कक्ष) राख्न सकियो भने धेरैको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्न सकिने सोचका साथ वंशलले स्थानीय सामग्रीको प्रयोग गरी उक्त बुथ बनाउन थाल्नुभयो । रातोपुलमा रहेको आफ्नै घरमा कामदार राखेर उहाँले स्यानिटाइजेशन बुथ निर्माण गर्न थाल्नुभयो । “स्थानीय सामग्री नै प्रयोग गर्दा पनि राम्रो स्यानिटाइजेशन बुथ बनाउन सकिन्छ भन्ने मेरो प्रयास सार्थक भएको छ”, वंशलले भन्नुभयो, “स्यानिटाइजेशन बुथमा एउटा सेन्सर जडान गरिएको हुन्छ, बाल्टिनमा कोलोरिन मिसिएको झोल राखिएको हुन्छ, अस्पताल छिर्ने जोकाहीलाई सो मेशिनले भाइरसरहित बनाइदिन्छ ।”

तस्वीर : प्रदिपराज वन्त, रासस

वंशलले बनाउनुभएको स्यानिटाइजेशन बुथ यतिबेला टेकु अस्पताल र वीर अस्पतालमा जडान भइरहेको छ । सेन्सरले अस्पताल प्रवेश गर्ने जो कोहीलाई चिन्छ र कोलोरिन हालिएको झोल फ्याक्छ । यति चलेन भने भित्र रहेका जो कोहीले पनि स्वीच खोलिदिन सक्छ । वंशलले निर्माण गर्नुभएको स्यानिटाइजेशन बुथमा मोटर जडान गरिएको हुन्छ । जसले पानी तानेर फालिदिन्छ । एउटा डिस्पेन्सर बनाउन रु एक लाख ५० हजार खर्च लाग्ने गरेको छ । वंशलको कामलाई सहयोग गर्न दैनिक १० जना खटेका छन् । उनीहरुको नेतृत्व गर्दै वंशलले स्यानिटाइजेशन वुथ बनाउनुहुन्छ । ध्यानपूर्वक काम भइरहेको छ, कोही कसैले खोट नलगाओस् र केही नकारात्मक प्रतिक्रिया नआओस् भन्नेमा सचेत हुनुहुन्छ उहाँ ।विपद्को समयमा जानेको काम गर्न पाउँदा खुशी लागेको बताउनुहुन्छ, वंशल ।

“विपद्को समयमा राज्यको मात्रै मुख ताकेर बस्दा धेरै ढिला भइसकेको हुन्छ, त्यसैले जसले जे जानेको छ, त्यही गर्ने हो, मैले पनि त्यही गरिरहेको छु”, उहाँले भन्नुभयो । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लकडाउन घोषणा ग-यो । लकडाउनपछि अस्पतालमा मानिस जानै नमान्ने, गए पनि चिकित्सकले परीक्षण नै गर्न नमान्ने, जताततै सन्त्रास मात्रै देखा परेपछि मारवाडी युवा मञ्चले वंशललाई झकझकायो । उमेरले २७ वसन्तमा यात्रा गर्दै गर्नुभएका वंशलको आजकलको दैनिकी थप व्यस्त बनाएको छ । बिहान काठमाडौँमा सूर्यले लाली छर्दा नछर्दै वंशल आफ्नो काममा खट्नुहुन्छ ।

तस्वीर : प्रदिपराज वन्त, रासस

उहाँका सहकर्मी पनि सँगै खट्छन् । काम गर्न आउनेलाई खाना र खाजाको व्यवस्था पनि गरिएको छ । कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा नै उहाँहरुको ध्यान रहन्छ । हालसम्म आठ वटा स्यानिटाइजेशन बुथ बनाइसकेको बताउनुहुने वंशल अझै माग आइरहेको बताउनुहुन्छ । माग आएसम्म काम गर्ने सोच छ उहाँको । विगत दुई सातादेखि काममा खट्दा थकाइको कुनै अनुभव भएको छैन । सामाजिक दूरी कायम गरेर काम भइरहेको छ ।

“जानेको काम गरौँ, साथ पाउन सकिन्छ, दुई तीनबाट माग पनि आइरहेको छ”, वंशल भन्नुहुन्छ, “सामान्य समयमा त धेरैले काम गर्छन्, असामान्य समयमा भने सीप भएकाले योगदान गर्ने हो ।” सोही योगदानलाई राज्यले कदर गरे पनि नगरे पनि कुनै गुनासो नरहने उहाँको भनाइ छ । पीडितको मनमा राहत दिन सकिए त्यसले आफूलाई खुशी दिएको उहाँले बताउनुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय...

Top