मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार


२५ अप्रिल, २०२०
पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड १९) को नियन्त्रणका लागि यतिबेला विश्व समुदाय दिनरात नभनी जुटिरहेका छन् । विश्वभर कोरोनाबाट हालसम्म करिब २ लाख (यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार भन्दा बढी) मानिसको ज्यान कोरोनाको कारण गै सकेको छ । लाखौं मानिस कोरोनाको संक्रमणबाट गुज्रिरहेका छन् । विश्वका अधिकांश देशले आन्तरिक संकटकाल तथा लकडाउनको घोषणा गरिरहेको छ ।

Foto : Michael Portmann

कोरोनाबाट युरोपपनि नराम्ररी प्रभावित बनिरहेको सन्र्दभमा युरोपेली देश स्वीट्जरल्याण्डको एक हिमालमा गएराति अनौठो दृश्य देखियो । स्वीट्जरल्याण्ड र इटलीको सिमामा रहेको स्वीट्जरल्याण्डको सेर्भिन हिमालमा मध्यरातमा नेपालको राष्ट्रिय झण्डा देखिएको हो । यो झण्डा हिमाल आरोही वा कसैले हिमालमा लगेर भने फहराएका होइनन् ।

यो झण्डा त विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा विश्व समुदालयलाई सफलता मिलोस् भन्ने हिसावले स्थानीय नगरपालिकाले स्वतस्फूर्तरुपमा प्रोजेक्टरको माध्यमबाट हिमालमा प्रक्षेपण गरेको हो ।

स्वीट्जरल्याण्डको नाम लिने वितिकै स्वीट्जरल्याण्डको सेर्भिन हिमालको नाम आउँछ जसरी नेपालको नाम लिने वित्तिकै सगरमाथाको नाम आउँछ । स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेअनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगाउन, मृतकप्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ लाभको कामना गर्दै त्यहाँ हरेक दिन विभिन्न देशका झण्डा हिमालमा प्रक्षेपण गराईन्छ । त्यहि क्रममा गएराति नेपालको पालो परेको थियो ।

स्थानीय नगरपालिकाले गरेको सो झण्डा प्रक्षेपणको कार्यक्रमलाई विभिन्न सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रशारणसमेत गरेका थिए । त्यस क्रममा नेपालको पर्यटकीय, भौगोलिक तथा धार्मिक जानकारी पनि गराईएको थियो । नेपाल र स्वीट्जरल्याण्डको भूगोल धेरै हिसावले उस्तै भएकाले पनि यो झण्डा प्रक्षेपणको कार्यक्रमलाई त्यहाँ रहेका विदेशी तथा स्वीट्जरल्याण्डका नागरिकले निक्कै महत्वका साथ हेरेका थिए ।

यसअघि सो हिमालमा, अष्ट्रेलिया, अमेरिका, स्वीट्जरल्याड, न्यूजिल्याण्ड रसिया, इटलीलगायतका दर्जनौं देशको झण्डाको प्रोजेक्टर प्रक्षेपण गरिसकिएको छ ।

स्वीट्जरल्याण्डको ल्याण्डमार्कको रुपमा रहेको सो हिमालमा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रक्षेपण गराईँदा त्यहाँ रहेका नेपाली पनि हर्षविभोर भएका थिए । त्यस क्रममा कार्यक्रम आयोजकले नेपाल र स्वीट्जरल्याण्ड बीच दशकौं अघिदेखिको मित्रबत सम्बन्धका सेतुहरु पनि प्रष्ट्याएका थिए । स्वीट्जरल्याण्डमा हालसम्म कोरनाका कारण १५ सय ९३ जनाले ज्यान गुमाएका छन् भने २८ हजार ८ सय ९४ जना संक्रमित बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता...

त्रिभुवन विमानस्थलको अस्तव्यस्तता त्रिभुवन विमानस्थलको अस्तव्यस्तता

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...

तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

Top