मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार


२५ अप्रिल, २०२०
पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड १९) को नियन्त्रणका लागि यतिबेला विश्व समुदाय दिनरात नभनी जुटिरहेका छन् । विश्वभर कोरोनाबाट हालसम्म करिब २ लाख (यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार भन्दा बढी) मानिसको ज्यान कोरोनाको कारण गै सकेको छ । लाखौं मानिस कोरोनाको संक्रमणबाट गुज्रिरहेका छन् । विश्वका अधिकांश देशले आन्तरिक संकटकाल तथा लकडाउनको घोषणा गरिरहेको छ ।

Foto : Michael Portmann

कोरोनाबाट युरोपपनि नराम्ररी प्रभावित बनिरहेको सन्र्दभमा युरोपेली देश स्वीट्जरल्याण्डको एक हिमालमा गएराति अनौठो दृश्य देखियो । स्वीट्जरल्याण्ड र इटलीको सिमामा रहेको स्वीट्जरल्याण्डको सेर्भिन हिमालमा मध्यरातमा नेपालको राष्ट्रिय झण्डा देखिएको हो । यो झण्डा हिमाल आरोही वा कसैले हिमालमा लगेर भने फहराएका होइनन् ।

यो झण्डा त विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा विश्व समुदालयलाई सफलता मिलोस् भन्ने हिसावले स्थानीय नगरपालिकाले स्वतस्फूर्तरुपमा प्रोजेक्टरको माध्यमबाट हिमालमा प्रक्षेपण गरेको हो ।

स्वीट्जरल्याण्डको नाम लिने वितिकै स्वीट्जरल्याण्डको सेर्भिन हिमालको नाम आउँछ जसरी नेपालको नाम लिने वित्तिकै सगरमाथाको नाम आउँछ । स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेअनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगाउन, मृतकप्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ लाभको कामना गर्दै त्यहाँ हरेक दिन विभिन्न देशका झण्डा हिमालमा प्रक्षेपण गराईन्छ । त्यहि क्रममा गएराति नेपालको पालो परेको थियो ।

स्थानीय नगरपालिकाले गरेको सो झण्डा प्रक्षेपणको कार्यक्रमलाई विभिन्न सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रशारणसमेत गरेका थिए । त्यस क्रममा नेपालको पर्यटकीय, भौगोलिक तथा धार्मिक जानकारी पनि गराईएको थियो । नेपाल र स्वीट्जरल्याण्डको भूगोल धेरै हिसावले उस्तै भएकाले पनि यो झण्डा प्रक्षेपणको कार्यक्रमलाई त्यहाँ रहेका विदेशी तथा स्वीट्जरल्याण्डका नागरिकले निक्कै महत्वका साथ हेरेका थिए ।

यसअघि सो हिमालमा, अष्ट्रेलिया, अमेरिका, स्वीट्जरल्याड, न्यूजिल्याण्ड रसिया, इटलीलगायतका दर्जनौं देशको झण्डाको प्रोजेक्टर प्रक्षेपण गरिसकिएको छ ।

स्वीट्जरल्याण्डको ल्याण्डमार्कको रुपमा रहेको सो हिमालमा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रक्षेपण गराईँदा त्यहाँ रहेका नेपाली पनि हर्षविभोर भएका थिए । त्यस क्रममा कार्यक्रम आयोजकले नेपाल र स्वीट्जरल्याण्ड बीच दशकौं अघिदेखिको मित्रबत सम्बन्धका सेतुहरु पनि प्रष्ट्याएका थिए । स्वीट्जरल्याण्डमा हालसम्म कोरनाका कारण १५ सय ९३ जनाले ज्यान गुमाएका छन् भने २८ हजार ८ सय ९४ जना संक्रमित बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा

२०७७ माघ २ गते शुक्रबार

१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...

डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’ डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...

Top