Best Khabar Team | २०७७ फाल्गुन १० गते सोमबार
२२ फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी फागुनको तेश्रो सातादेखि देशभरका करिब ४० लाख ५५ वर्ष उमेरमाथिका नागरिकहरुलाई खोप दिने तयारी गरेको हो । तर यो खोप अनिवार्य भने होइन । कोरोना भाइरस विरुद्ध लड्नका लागि हालसम्म प्रभावकारी मानिँदै आएको यो खोपलाई २ चरणमा लगाउनुपर्ने हुन्छ ।

सरकारले फागुनको २३ गतेदेखि दोश्रो चरणको खोप अभियान शुरु गर्ने तयारी गर्दै सो दिनदेखि ५५ वर्ष उमेर माथिका सबैलाई खोप दिने तयारी गरेको मन्त्रालयले जनाएको छ । यस्तै पहिलो चरणमा कोरोनाको खोप लिएका सबैलाई अनिवार्य रुपमा दोश्रो चरणको खोप दिने तयारी पनि सरकारले गरेको छ । यसका लागि पहिलो खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । दोश्रो चरणको लागि आवश्यक पर्ने करिब १० लाख डोज खोप हिजो सरकारले भारतबाट ल्याईसकेको छ । हाल देशभर सञ्चालनमा रहेका विभिन्न खोप केन्द्रहरुबाट यसअघि लगाइएको खोपको कार्डको आधारमा दोश्रो डोज खोप दिने सरकारको भनाई छ ।
दोश्रो चरणमा भने उमेरले ५५ पुगेका सबै नागरिकलाई यो खोप लगाउनका लागि खोप केन्द्रहरुलाई तयारी थाल्न सरकारले आग्रह गरेको छ । उमेरले ५५ वर्ष माथिका नागरिकहरु कतिपय दीर्घरोगी तथा अशक्त हुने भएकोले सरकारले खोप केन्द्रको विस्तार गर्दै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा तथा गाउँसम्म नै स्वास्थ्यकर्मीहरुको सेवा विस्तारको तयारी सरकारको छ ।
खोपको पहिलो डोज फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईमा खटिएका कर्मचारी, पत्रकार एम्बुलेन्स तथा शवबाहनचालक तथा कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएकालगायतलाई प्रदान गरिएको थियो । दोश्रो चरणमा भने उमेरले ५५ पुगेका सबै नागरिकलाई यो खोप लगाउनका लागि खोप केन्द्रहरुलाई तयारी थाल्न सरकारले आग्रह गरेको छ । उमेरले ५५ वर्ष माथिका नागरिकहरु कतिपय दीर्घरोगी तथा अशक्त हुने भएकोले सरकारले खोप केन्द्रको विस्तार गर्दै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा तथा गाउँसम्म नै स्वास्थ्यकर्मीहरुको सेवा विस्तारको तयारी सरकारको छ ।
देशभर करिब ४० लाखको हाराहारीमा ५५ वर्ष उमेर माथिका नागरिकहरु रहेको बताइएको छ । त्यसका लागि आवश्यक पर्ने खोप पनि छिट्टै सम्बन्धित केन्द्रहरुमा पु¥याउने सरकारको तयारी छ । सरकारले भारतबाट पहिलो चरणमा प्राप्त १० लाख डोज खोपमध्ये अहिलेसम्म ४ लाखको हाराहारीमा मात्रै खपत भएको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात
२०७७ आश्विन १ गते बिहिबार
१७ सेप्टेम्बर, २०२०काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...
बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...
प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...
फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...
Top