साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार


०२ मे, २०२०
पोखरा । नेपाली सेनाले विगत साढे ३ महिना अघिदेखि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिमपहिरोमा परी हराईहरेका ७ जनाकै शव निकालेको छ । अन्नपूर्ण पदयात्राका क्रममा गएको हिम पहिरोमा परी हराईरहेका चार कोरियाली पर्यटक तथा उनका सहयोगका लागि गएका नेपाली गाईड तथा सहयोगीको शव नेपाली सेनाको रेस्क्यु विशेषज्ञको टोलीले हिउँबाट निकालेको हो । गत माघमा सो क्षेत्रमा एक्कासी गएको हिम पहिरोमा परी ४ कोरियाली पर्यटक र उनीहरुका ३ जना नेपाली सहयोगी हराईरहेका थिए ।

पछि हिमपहिरोमा परी उनीहरुको ज्यान गएको पुष्टि भएपनि हिउँ पन्छाएर शव निकाल्न सकिएको थिएन । तर नेपाली सेनाको विशेषज्ञहरुको टोलीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ स्थित हिङक् केभ क्षेत्रमा विगत केही महिनादेखि निरन्तर रुपमा गरेको प्रयासबाट सो घटनामा हराईरहेका सबैको शव निकाल्न सफल भएको हो । पछिल्लो पटक हिजो एक कोरियाली पर्यटक र एक नेपाली गाईडको शव निकालिएको नेपाली सेनाको पश्चिम पृतना कार्यालय पोखराले जनाएको छ ।

गएको माघ ३ गते अन्नपूर्ण पदमार्गको सो क्षेत्रमा गएको हिउँ पहिरोमा ३ जना नेपाली गाईड र ४ जना कोरियन पर्यटक गरी ७ जना वेपत्ता भएसँगै उनीहरुको निरन्तर रुपमा खोजी कार्य जारी राखिएको थियो । तर हालसम्म २ जना नेपाली गाईड र ३ जना कोरियन पर्यटकहरुको मात्रै शव फेला परेको भएपनि हिजो थप २ जनाको शव फेला सँगै सो घटनामा हराईरहेका सबैको शव प्राप्त भै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको...

सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले...

सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका...

Top