Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना कोरोनाको संक्रमणका परेका २४ जना विरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु बर्दिया र सप्तरीमा गरी थप २४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कपिलबस्तुका १० र सप्तरीका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको सरकारले साँझ बर्दिया, रुपन्देही र कपिलबस्तुका गरी थप १३ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणका क्रममा आज मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये १३ जना आज साँझ मात्रै पोजेटिभ रिपोर्ट आएका नयाँ विरामी हुन् । मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार कपिलवस्तुको बुद्दभूमि नगरपालिका र यशोधरा गाउँपालिकाका गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १५ देखि ३८ वर्षको उमरेका पुरुषहरु रहेका छन् ।

यस्तै, रुपन्देहीको समरीमाई र लुम्बिनी सांस्कृतिक गाउँपालिकाका ६ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यता बर्दियाको राजपुरकी १ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानी रहेको बताइएको छ । हालसम्म ३३ जना उपरचारपछि घर फर्केका छन् ।

तर घर फर्केकामध्ये काठमाडौंका १ र वीरगञ्जका २ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई फेरि अस्पतालमा राखेर उपचार थालिएको छ । उनीहरुको पनि अवस्था सामान्य रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...
गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...
उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै
२०७७ माघ ११ गते आइतबार
२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...
Top