सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार


११ मे, २०२०
सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज मात्रै कलिपबस्तुमा १० जना कोरोना संक्रमित फेला परेको केही घण्टा वित्न नपाउँदै तराईकै अकर्को जिल्ला सप्तरीमा पनि आज पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती युवकलाई हाल जिल्ला अस्पतालको आइसोलेसन केन्द्रमा राखेर उपचार थालिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेकाहरुको बारेमा जानकारी लिने काम शुरुभएको बताइएको छ । संक्रमित युवकको अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

सप्तरीमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । यसअघि तराईका जिल्लाहरु पर्सा, बाँके, रुपन्देही, कपिलबस्तु साथै उदयपुरलगायतका जिल्लामा कोरोना संक्रमित फेला परिसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सर्वोच्चले सरकारलाई भन्यो :  जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...

म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै

२०७७ जेठ २३ गते शुक्रबार

०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...

अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन ५ गते बुधबार

१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...

नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित...

Top