Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०
सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज मात्रै कलिपबस्तुमा १० जना कोरोना संक्रमित फेला परेको केही घण्टा वित्न नपाउँदै तराईकै अकर्को जिल्ला सप्तरीमा पनि आज पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती युवकलाई हाल जिल्ला अस्पतालको आइसोलेसन केन्द्रमा राखेर उपचार थालिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेकाहरुको बारेमा जानकारी लिने काम शुरुभएको बताइएको छ । संक्रमित युवकको अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।
सप्तरीमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । यसअघि तराईका जिल्लाहरु पर्सा, बाँके, रुपन्देही, कपिलबस्तु साथै उदयपुरलगायतका जिल्लामा कोरोना संक्रमित फेला परिसकेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात...
अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...
नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द
२०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...
Top