Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै करिब साढे २ महिनादेखि बन्द रहेको देशको मालपोत कार्यालयले भोलिदेखि सेवा सञ्चालन गर्ने भएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागले शुक्रबार एक विज्ञप्ति निकालेर सेवाग्राहीहरुको अत्यावश्यक काम सूचारु गर्ने उद्देश्यले कार्यालय सञ्चालनका लागि निर्देशन दिएसँगै मालपोत कार्यालयको काम सूचारु हुन लागेको हो । कोरोना संक्रमणका कारण भूमि सम्बन्धी कतिपय महत्वपूर्ण कामहरु रोकिएकोले निश्चित संख्यामा कर्मचारी राखेर तत्कालका लागि अति आवश्यकीय काम मात्रै सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।

यसका लागि भूमिसुधार विभाग, मालपोत कार्यालय र अन्य सम्बन्धित कार्यालयका प्रमुखहरुलाई अनिवार्य रुपमा कार्यालय उपस्थित हुन भनिएको छ । यस्तै अन्य विभागमा पनि आवश्यक अनुसारका कर्मचारीलाई उपस्थित हुन र कोरोनाबाट जोगिन आवश्यक पर्ने सुरक्षा सावधानी अपनाउन लागि निर्देशन दिइएको छ । गत चैत्र ५ गतेदेखि मुलुकमा लकडाउन शुरु भएपछि देशभरको मालपोतको सेवा अवरुद्ध बनेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...
अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल...
मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो...
सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा
२०७६ मंशिर २५ गते बुधबार
१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...
Top