Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै करिब साढे २ महिनादेखि बन्द रहेको देशको मालपोत कार्यालयले भोलिदेखि सेवा सञ्चालन गर्ने भएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागले शुक्रबार एक विज्ञप्ति निकालेर सेवाग्राहीहरुको अत्यावश्यक काम सूचारु गर्ने उद्देश्यले कार्यालय सञ्चालनका लागि निर्देशन दिएसँगै मालपोत कार्यालयको काम सूचारु हुन लागेको हो । कोरोना संक्रमणका कारण भूमि सम्बन्धी कतिपय महत्वपूर्ण कामहरु रोकिएकोले निश्चित संख्यामा कर्मचारी राखेर तत्कालका लागि अति आवश्यकीय काम मात्रै सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।

यसका लागि भूमिसुधार विभाग, मालपोत कार्यालय र अन्य सम्बन्धित कार्यालयका प्रमुखहरुलाई अनिवार्य रुपमा कार्यालय उपस्थित हुन भनिएको छ । यस्तै अन्य विभागमा पनि आवश्यक अनुसारका कर्मचारीलाई उपस्थित हुन र कोरोनाबाट जोगिन आवश्यक पर्ने सुरक्षा सावधानी अपनाउन लागि निर्देशन दिइएको छ । गत चैत्र ५ गतेदेखि मुलुकमा लकडाउन शुरु भएपछि देशभरको मालपोतको सेवा अवरुद्ध बनेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...
‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...
कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...
अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...
Top