Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०
काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा उपचाररत बरिष्ठ हास्य कलाकार मनोज गजुरेलमा निमोनिया संक्रमण देखिएको छ । गएको कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा थिए ।

घरमै रहेका बेला उनमा निमोनियाको समेत संक्रमण देखिएपछि उनको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको ‘कोरोना उपचार कक्षमा’ राखेर उपचार भै रहेको छ । हाल अस्पतालको आइसियु कक्षमा राखेर उपचार भै रहेका गजुरेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनको अवस्था खतरामुक्त रहेको अस्पतालको भनाई छ । २ दिनअघि एक्कासी कोरोनासंग मिल्दो लक्षण देखिएर स्वास्थ्यमा थप समस्या देखिएपनि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको हो । यसैबीच गजुरेलकी पूर्व पत्नी मिना ढकालले सामाजिक सञ्जालमार्फत् उनको स्वास्थ्यलाभको कामना गरेकी छन् ।
आफ्ना पूर्व पतिसँग जस्तोसुकै अप्ठेरोसँग सामना गर्ने क्षमता भएकोले कोरोनालाई जित्नेमा आफू आशावादी भएको विश्वास व्यक्त गरेकी छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...
प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...
लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर...
पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा...
Top