Best Khabar Team | २०७६ असार ७ गते शनिबार
२२ जुन, २०१९
काठमाडौं । एक नाबालक सहित ९ जनाको निर्मम हत्याहुने गरी २०७२ सालमा कैलालीमा भएको हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीको खुट्टामा फलामे सिक्रीले बाँधेको देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले वीर अस्पतालमा उपचारार्थ भर्ना भएका चौधरीको खुट्टामा फलामको सिक्रीले बाँधेको तस्वीर सार्वजनिक भएपछि तत्काल चौधरीलाई सिक्री मुक्त बनाएर उपचार गराउन दिर्नेशन दिनुभएको हो ।
कैलाली हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई केही समयअघि जिल्ला अदालतले जन्मकैदको सजायाँ सुनाएपछि उनी हाल डिल्लीबजार कारागारमा जेल जीवन विताईरहेका छन् । उनी राजपाका निलम्बित सांसद समेत हुन् । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आज फोन गरी नेल फुकाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रल्ेि नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न निर्देशन दिएका हुन् ।
फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई केहीदिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले भनाई छ । हाल उनी हतियारधारी प्रहरीको निगरामीमा अस्प्तालमा उपचाररथ छन् । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित समेत भएको थियो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनाको मुख्य आरोपी चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आइतबार बिहान एक घण्टा १८ मिनेको खण्डग्रास चन्द्रग्रहण लाग्दै
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३काठमाडौं । आज राति १ बजे खण्डग्रास...
करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति
२०७७ माघ २ गते शुक्रबार
१५ जनवरी, २०२१काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै...
Top