टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट..

Best Khabar Team | २०७६ असार ७ गते शनिबार


२२ जुन, २०१९
काठमाडौं । एक नाबालक सहित ९ जनाको निर्मम हत्याहुने गरी २०७२ सालमा कैलालीमा भएको हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीको खुट्टामा फलामे सिक्रीले बाँधेको देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले वीर अस्पतालमा उपचारार्थ भर्ना भएका चौधरीको खुट्टामा फलामको सिक्रीले बाँधेको तस्वीर सार्वजनिक भएपछि तत्काल चौधरीलाई सिक्री मुक्त बनाएर उपचार गराउन दिर्नेशन दिनुभएको हो ।

कैलाली हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई केही समयअघि जिल्ला अदालतले जन्मकैदको सजायाँ सुनाएपछि उनी हाल डिल्लीबजार कारागारमा जेल जीवन विताईरहेका छन् । उनी राजपाका निलम्बित सांसद समेत हुन् । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आज फोन गरी नेल फुकाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रल्ेि नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न निर्देशन दिएका हुन् ।

फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई केहीदिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले भनाई छ । हाल उनी हतियारधारी प्रहरीको निगरामीमा अस्प्तालमा उपचाररथ छन् । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित समेत भएको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनाको मुख्य आरोपी चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका...

करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...

काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...

Top