मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मकवानपुरका एक ३७ वर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनको सम्पर्कमा रहेकाहरुको पनि स्वाब संकलन गर्ने काम अघि बढाईको छ ।

यस्तै आजै बाँकेमा थप ८ जनामा कोरोना देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा बाँकेका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका १८ देखि ३६ वर्षका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । संक्रमित ९ जनाकै अवस्था सामान्य रहेको बताइएको छ ।

योसँगै देशभर २ सय १० जना पुरुष र ४८ जना महिला गरी कुल २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनसार पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३÷३ तथा बाग्लुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा प्रतिजिल्ला दुई दुई जनाको दरले कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा पनि एक एक जनामा संक्रमण पुष्टि मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा रहेको कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्केका छन् । उनी डिस्चार्ज भएसँगै देशभरबाट ३६ जना कोरोनाको सफल उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...

भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...

Top