बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार


२५ मे, २०२०
काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकारले कोरोनाकै कारण बन्द भएका होटल तथा अन्य सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने तयारी थालेको छ । फलस्वरुप काठमाण्डौं उपत्यकालगायत देशका प्रमुख शहरी क्षेत्रमा रहेका ५ दर्जन बढी होटल तथा अन्य सार्वजनिक संरचनाहरुलाई लिस्टिङ्ग गरेर आवश्यक पर्ने सामग्री उपलब्ध गराउने तयारीमा सरकार जुटेको पर्यटन मन्त्रालय स्रोतको भनाई छ ।

हाल कोरोना भाइरसका कारण पर्यटकहरु नआएपछि देशका सबै होटल तथा रिसोर्टहरु सुनसान अवस्थामा छन् । होटल सञ्चालहरुले पनि सरकारको यो निर्णयलाई स्वागत गर्दै कोरोनाका कारण देखिएको आर्थिक मन्दीबाट केहीहदसम्म भएपनि पार पाउन सकिने आशा राखेका छन् । होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिसन अफ नेपाल (हान) मार्फत् विभिन्न होटलका सञ्चालकहरुसँग पनि सरकारले यो विषयमा छलफल अघि बढाएको छ । विशेषगरी विदेशमा रहेका नेपालीहरुलाई तत्काल नेपाल झिकाउँदा कम्तीमा पनि १५ दिन क्वारेन्टाइनमा राखेर मात्रै सम्बन्धित जिल्ला वा क्षेत्रमा पठाउन सकिने भएकाले उनीहरुलाई राख्नका लागि काठमाडौं, पोखरा, भैरहवा, वीरगञ्ज, धनगढीलगायतका क्षेत्रमा रहेका होटलहरुलाई प्रयोग गर्न लागिएको हो ।

सांकेतिक तस्वीर ।

अहिले दैनिक रुपमा भारतबाट नेपाल भित्रिएका नेपालहरुको तथ्यांकलाई आधार बनाउँदा हाल रहेको क्वारेन्टाइनहरु अपुग हुने निष्कर्षमा सरकार पुगेको छ । अझै पनि हजारौं नेपाली सिमामा रहेका र विदेशबाट पनि लाखौं नागरिक नेपाल आउने तयारीमा रहेपछि सरकारले होटल तथा निर्माण कार्य सम्पन्न भएरपनि सञ्चालनमा आइनसकेका विद्यालयलगायतका संरचनालाई प्रयोग गर्न लागेको हो । आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकानाममा सम्बोधन गर्दै क्वारेन्टाइन विस्तारका लागि आवश्यक परे होटल तथा अन्य सार्वजनिक संरचनालाई प्रयोग गर्न सकिने बताएका थिए ।

उनको यो भनाईबाट पनि सरकारले विदेशबाट आउने तथा देशभित्रै हुनसक्ने सम्भावित महामारीलाई रोक्नका लागि आवश्यक क्वारेन्टाइन थप्ने तयारी थालेको स्पष्ट हुन्छ । अहिले विदेशमा रहेका लाखौं नेपालीले नेपाल आउन चाहेको बताइरहेका छन् । उनीहरुलाई उद्दार गरेर काठमाडौं ल्याउने तयारीमा सरकार जुटेको छ । प्रधानमन्त्रीले आजमात्रै यो विषयमा सार्वजनकि रुपमै सम्बोधन गरिसकेका छन् । उनीहरुलाई नेपाल ल्याएलगत्तै तत्काल काठमाडौं बाहिर रहेका उनीहरुको घर गाउँमा जान दिन सकिने अवस्था हुँदैन ।

खोटाङ्को हलेसिमा रहेको जाम्बला रिसोर्टले क्वारेन्टाइनका लागि तयार गरेको कक्ष । तस्वीर साभार : पत्रकार रोशन खड्काको ट्वीटर । @roshankhadka3

काठमाडौंमा तत्काल राख्न असम्भव हुने देखिएपनि उनीहरुलाई सुरक्षित तरिकाबाट सम्बन्धित जिल्लाको सदमरमुकाम वा प्रदेशको राजधानीमा लगेर कम्तीमा २ साता क्वारेन्टाइनमा राख्ने तयारी भै रहेको छ । यसका लागि सम्बन्धित स्थानीय तहलाई समेत तयारी अवस्थामा रहनका लागि सरकारले निर्देशन दिइसकेको छ । नेपाल आएकाहरुलाई राख्नका लागि नयाँ संरचना निर्माण गरिँदा खर्च र समय दुबै लाग्ने भएकाले हाल रहेकै संरचनालाई स्वास्थ्य सावधानी अपनाएर प्रयोग गर्न सकिने ठहरसहित सरकार होटल तथा सार्वजनिक संरचना प्रयोग गर्ने निष्कर्षमा पुगेको हो ।

यस्तै होटलका कोठाहरुलाई प्रयोग गर्न सकिएको अवस्थामा क्वारेन्टाइनको स्तरका विषयमा जनस्तरबाट उठेका विभिन्न खाले टिप्पणीपनि कम हुने ठम्याई सरकारको छ । तर यसरी होटलहरुलाई प्रयोग गरेको अवस्थामा खर्च भने धेरै हुने बताइएको छ ।

खर्चको व्यवस्थापन भने नेपाल फर्कनेको आर्थिक अवस्थालाई मध्यनजर गरेर तय गरिने सरकारको योजना छ । कतिपयले आफैं खर्च गर्न चाहेको अवस्थामा उनीहरुलाई स्तरीय होटलहरुको क्वारेन्टाइनमा राख्न सकिने भन्दै सरकारले नै खर्च भर्नुपर्ने अवस्थाका नागरिकका लागि पनि सोही अनुसारको होटल उपलब्ध गराउने तयारी गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि...

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night? What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

२०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

Top