Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १७ हजार मान्छेको ज्यान गएको घटनाका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौंमा कटाक्ष गरेका छन् । युद्दकालमा १७ हजार मान्छे मरेको भएपनि त्यो सबै माओवादीले नमारेको उनको भनाई छ ।
तत्कालीन ‘सामान्ती राजाहरु’ले १२ हजार मान्छे मारेको दाबी गर्दै उनले बाँकी ५ हजार मान्छे मारेको जिम्मा लिन आफू तयार रहेको बताए । काठमाडौंको टुँडीखेलमा आज माघी कार्यक्रमलाई सम्बोधन गर्दै उनले युद्धकालमा मारिएका सबैको जिम्मा आफूहरुले लिन नसक्ने भन्दै तत्कालीन राजा पनि घटनाप्रति जिम्मेवार हुनुपर्ने बताए ।
युद्द आफूहरुको कारणले भएपनि हताहतीको सबै घटनामा आफूहरु जिम्मेवार नभएको उनको भनाई छ । आफूहरुलाई अनावश्यक रुपमा युद्धकालीन घटनाको दोष थोपरिएको भन्दै उनले यो न्यायोचित नभएको प्रष्ट पारे । एक फरक प्रसंगमा प्रचण्डले कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई छिट्टै रिहा गर्ने तयारी भैरहेको जानकारी दिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु
२०७७ बैशाख २८ गते आइतबार
१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...
फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित
२०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको...
प्रधानमन्त्री दाहाललाई पत्नीशोक
२०८० आश्विन ३ गते बुधबार
१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...
बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका...
Top