Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १७ हजार मान्छेको ज्यान गएको घटनाका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौंमा कटाक्ष गरेका छन् । युद्दकालमा १७ हजार मान्छे मरेको भएपनि त्यो सबै माओवादीले नमारेको उनको भनाई छ ।
तत्कालीन ‘सामान्ती राजाहरु’ले १२ हजार मान्छे मारेको दाबी गर्दै उनले बाँकी ५ हजार मान्छे मारेको जिम्मा लिन आफू तयार रहेको बताए । काठमाडौंको टुँडीखेलमा आज माघी कार्यक्रमलाई सम्बोधन गर्दै उनले युद्धकालमा मारिएका सबैको जिम्मा आफूहरुले लिन नसक्ने भन्दै तत्कालीन राजा पनि घटनाप्रति जिम्मेवार हुनुपर्ने बताए ।
युद्द आफूहरुको कारणले भएपनि हताहतीको सबै घटनामा आफूहरु जिम्मेवार नभएको उनको भनाई छ । आफूहरुलाई अनावश्यक रुपमा युद्धकालीन घटनाको दोष थोपरिएको भन्दै उनले यो न्यायोचित नभएको प्रष्ट पारे । एक फरक प्रसंगमा प्रचण्डले कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई छिट्टै रिहा गर्ने तयारी भैरहेको जानकारी दिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...
सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा...
नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी...
बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...
Top