Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९
धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ यात्रुको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गजुरी गाउँ पालिका वडा नम्बर ४ को कार्कीडाँडाबाट तरकारी लिएर गल्छी जाँदै गरेको सो जीप गजुरीको बाँझगाउँमा दुर्घटनामा परेको हो ।
र्दुघटनामा गल्छीका ३८ वर्षका राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ का ३० वर्षकी कान्छी भुजेल र नानु तामाङको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउने सबै कृषक भएको बताइएको छ । उनीहरु बा १८ च ९४०८ नम्बरको जीपमा तरकारी लोड गरेर बजार तर्फ जाँदै थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
५ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु रहेका कारण जीपले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाई छ । कच्ची सडक, घुमाउरो र साँघुरो मोडबाट जीप ५० मिटर तल खसेको छ । जीप चालक सुजन रम्तेल फरार रहेको र उनीको खोजी भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...
भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...
Top