Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९
धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ यात्रुको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गजुरी गाउँ पालिका वडा नम्बर ४ को कार्कीडाँडाबाट तरकारी लिएर गल्छी जाँदै गरेको सो जीप गजुरीको बाँझगाउँमा दुर्घटनामा परेको हो ।
र्दुघटनामा गल्छीका ३८ वर्षका राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ का ३० वर्षकी कान्छी भुजेल र नानु तामाङको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउने सबै कृषक भएको बताइएको छ । उनीहरु बा १८ च ९४०८ नम्बरको जीपमा तरकारी लोड गरेर बजार तर्फ जाँदै थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
५ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु रहेका कारण जीपले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाई छ । कच्ची सडक, घुमाउरो र साँघुरो मोडबाट जीप ५० मिटर तल खसेको छ । जीप चालक सुजन रम्तेल फरार रहेको र उनीको खोजी भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...
भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
Top