Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार
१२ डिसेम्बर, २०१९
काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई आज सरकारी निवास बालुवाटार बोलाएर खेलाडीहरुले राष्ट्रको इज्यत जोगाएको भन्दै उनीहरुलाई प्रोत्साहनस्वरुप ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

खेलाडीहरुको हौसला बढाउन तथा उनीहरुप्रति सम्मान व्यक्त गर्नका लागि उनीहरुलाई नगद रकम दिन लागेका प्रधानमन्त्रीको भनाई छ । बालुवाटारमा आज खेलाडीहरुलाई बोलाएर प्रधानमन्त्रीले स्वर्ण, रजत तथा कास्य पदक विजेता सबै खेलाडीलाई सरकारले प्रोत्साहनस्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीका अनुसार साग खेममा रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख समेत प्रदान गरिने छ । यस्तै, फूलबल खेलमा स्वर्ण जित्ने खेलाडीलाई पनि सरकारले प्रतिव्यक्ति ५ लाखका दरले रकम प्रदान गर्ने जनाएको छ । यसअघि प्रधानमन्त्रीले सागमा राम्रो खेल खेल्ने खेलाडीलाई राहत एवं प्रोत्साहन प्रदान गर्ने बताउनुभएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती...
कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’
२०७७ बैशाख ३१ गते बुधबार
कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति
२०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...
कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...
Top