अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव

Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार


०९ डिसेम्बर, २०१९
वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल कार्यालयले नेपालमा निकट भविष्यमा हुन गैरहेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सरकारर्लाइ विभिन्न खाले सुझाव दिएको छ । काठमाडौंमा पत्रकारहरुसँग फाउन्डेसनले सरकाराको यो अभियान सफल बनाउन संस्थाले सक्दो पहल गर्ने जनाएको हो ।

अमेरिकाको डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा अध्ययन तथा अनुशन्धान गरेर हाँसिल गरेको अनुभव सुनाएका थिए । उनले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने तरिकासमेत सार्वजनिक गरेका हुन् । उनले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि कलम चलाउने भएको सुनाए । उनले भने,‘मैले विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको छु । ईक्वेडरको सरकारसँग त मैले मिलेर काम गरेको छु । आईसल्याण्ड, म्यानमार, अफ्रिकामा बसेर त्यहाँको पर्यटन विकासको लागि काम गरेको छु ।’

अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयल

उनले आफू नेपाल सन् २०१५ मा पहिलोपटक आएको सुनाए । उनले थपे,‘म नेपालमा पहिलोपटक आउँदा यहाँ भुकम्प गएको थियो । अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकहरुले अन्नपूर्ण, सगरमाथाको बारेमा थाहा छ, तर उनीहरुलाई अरु ठाउँको बारेमा छैन् । त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्यपनि पहिचान गर्नुपर्छ ।’ उनले मिडियाले पनि पर्यटकहरुलाई नयाँ–नयाँ ठाउँको भ्रमण गर्नको लागि आकर्षण गराउनेगरि फिचर स्टोरीहरु लेख्नुपर्ने सुझाव दिए ।

उनले थपे,‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो । यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटकहरु त्यहाँ जान्छन् । यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं भने उनीहरु यहीँमात्रै बस्छन् । त्यसैले हाम्रो भूमिका पनि महत्वपूर्ण छ ।’ नेपालमा पनि विभिन्न क्षेत्र र ठाउँबाट पत्रकारहरुले प्रतिनिधित्व गर्ने सुनाउँदै सबैले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुपर्ने उनको धारणा छ ।

उनले नेपालमा धेरै हिमालहरु रहेकोले ती सबैको आकर्षणको बारेमा प्रचारप्रचार गर्नुपर्ने बताए । त्यस्तै, दोस्रो कुरामा उनले एक्सेस अर्थात पहुँच दिनुपर्ने बताए । त्यसमा भने विमानस्थललगायतका सुविधाको कुरा उल्लेख गरे ।

त्यस्तै, उनले अघि सारेको अर्को सूत्रमा एकोमोडेसन रहेको छ । जसमा राम्रो होटललगायतको सुविधा रहेको छ । चार चौथो सूत्रमा रहेको एडभर्टाईजिङ रहेको छ । यसको लागि सशक्त माध्यम भनेको नै मिडिया भएको उनको तर्क छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नसक्ने बताए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

२०७९ फाल्गुन २१ गते आइतबार

०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न...

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

२०७६ चैत्र २३ गते आइतबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...

१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने १५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

Top