Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०
काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा कोरोना संक्रमित भेटिएका विरामीहरुलाई अन्यत्र रिफर नगर्न तथा कोरोना संक्रमितलाई मध्यनजर गर्दै कम्तीमा २० प्रतिशत बेड छुट्याउन देशभरका निजी अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्यमन्त्रालय अन्र्तगतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले आज एक विज्ञप्ति निकालेर देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र सरकारी अस्पतालहरुले मात्रै उनीहरुको चाप धान्न नसक्ने भन्दै निजी अस्पतालहरुलाई पनि यो मानवीय कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

केन्द्रका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गरी कोरोना संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै देशभरका निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड उनीहरुको उपचारका लागि छुट्याउन आग्रह गरेका हुन् । विज्ञप्तिमा कोरोना संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्देशन नभइ रेफर गरे पनि कोभिड अस्पतालहरू राख्न समस्या भएकोले अस्पतालमा भर्ना भएका बिरामीहरूको कोरोना रिपोर्ट पोजिटिभ आएपछि सोको व्यवस्थापन हब अस्पतालको संयोजनमा सोही अस्पतालमा गर्न भनिएको छ । अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने अवस्थामा सरकारले तोकेको हब अस्पताल र मन्त्रालयसँग समन्वय गरेर मात्रै काम अघि बढाउन भनिएको छ ।
विज्ञप्तिमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायमा विरामीको उपचारका लागि बेडको अभाव भएको भन्दै यसतर्फ बेलैमा सचेत र गम्भीर बन्न आग्रह गरिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै अग्रपंक्तिमा रहेर विरामीको उपचारमा खटिएका चिकित्सकलगायत स्वयं संक्रमित बन्दै गएका कारण कोरोनाका विरामीको उपचारमा समस्या आउन सक्ने भएकाले आवश्यक सुरक्षा सावधानी अपनाउन र सतर्क रहन आम नागरिक तथा सरोकारवाला सबैमा विशेष अनुरोध गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...
उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...
बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)
२०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
Top