कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा कोरोना संक्रमित भेटिएका विरामीहरुलाई अन्यत्र रिफर नगर्न तथा कोरोना संक्रमितलाई मध्यनजर गर्दै कम्तीमा २० प्रतिशत बेड छुट्याउन देशभरका निजी अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्यमन्त्रालय अन्र्तगतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले आज एक विज्ञप्ति निकालेर देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र सरकारी अस्पतालहरुले मात्रै उनीहरुको चाप धान्न नसक्ने भन्दै निजी अस्पतालहरुलाई पनि यो मानवीय कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

केन्द्रका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गरी कोरोना संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै देशभरका निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड उनीहरुको उपचारका लागि छुट्याउन आग्रह गरेका हुन् । विज्ञप्तिमा कोरोना संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्देशन नभइ रेफर गरे पनि कोभिड अस्पतालहरू राख्न समस्या भएकोले अस्पतालमा भर्ना भएका बिरामीहरूको कोरोना रिपोर्ट पोजिटिभ आएपछि सोको व्यवस्थापन हब अस्पतालको संयोजनमा सोही अस्पतालमा गर्न भनिएको छ । अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने अवस्थामा सरकारले तोकेको हब अस्पताल र मन्त्रालयसँग समन्वय गरेर मात्रै काम अघि बढाउन भनिएको छ ।

विज्ञप्तिमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायमा विरामीको उपचारका लागि बेडको अभाव भएको भन्दै यसतर्फ बेलैमा सचेत र गम्भीर बन्न आग्रह गरिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै अग्रपंक्तिमा रहेर विरामीको उपचारमा खटिएका चिकित्सकलगायत स्वयं संक्रमित बन्दै गएका कारण कोरोनाका विरामीको उपचारमा समस्या आउन सक्ने भएकाले आवश्यक सुरक्षा सावधानी अपनाउन र सतर्क रहन आम नागरिक तथा सरोकारवाला सबैमा विशेष अनुरोध गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी ! फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

२०७७ आश्विन २२ गते बिहिबार

०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक...

नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...

उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...

पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...

Top