पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Best Khabar Team | २०७७ असार ११ गते बिहिबार


२५ जुन, २०२०
लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा ज्यान गएको छ । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित रहेका ५५ वर्षका एक पुरुषको उपचारकै क्रममा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्याएको सो अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । गएको असार ८ गते कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको अवस्था गम्भीर बन्दै गएको थियो ।

योसँगै नेपालमा कोराना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यसअघि सोही अस्पतालमा उपचारका क्रममा स्याङ्गजाकै एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...

युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै

२०७६ चैत्र ४ गते मंगलबार

१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...

किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि

२०७७ मंशिर २० गते शनिबार

०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...

नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै

२०७९ फाल्गुन २६ गते शुक्रबार

१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको...

Top