Best Khabar Team | २०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०
लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा ज्यान गएको छ । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित रहेका ५५ वर्षका एक पुरुषको उपचारकै क्रममा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्याएको सो अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । गएको असार ८ गते कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको अवस्था गम्भीर बन्दै गएको थियो ।
योसँगै नेपालमा कोराना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यसअघि सोही अस्पतालमा उपचारका क्रममा स्याङ्गजाकै एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...
नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४...
Top