Best Khabar Team | २०७६ चैत्र ४ गते मंगलबार

१७ मार्च, २०२०
लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट आफ्नो मुलुकलाई जोगाउन युरोपका विभिन्न देशले विभिन्न खाले रणनीति अपनाउन थालेका छन् । यही क्रममा युरोपेली युनियनको केन्द्रको रुपमा रहेको बेल्जियमले आफ्नो देशको सबै सिमाहरु भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ ।
बेल्जियम सरकारले आगामी अप्रिल ५ तारिखसम्मका लागि आफ्नो देश प्रवेश गर्ने अत्यावश्यक सेवा बाहेकका हवाई तथा स्थल यात्रु तथा सवारी साधन बेल्जियम आउन तथा बाहिर जान रोक लगाउने निर्णय गरको छ । यो नियम बेल्जियममा रहनेहरुको हकमा पनि लागू हुँदैछ । बेल्जियम सरकारले भोलि दिउँसो १२ बजेदेखि लागूहुने गरी झण्डै ३ साताका लागि देशलाई ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।
कोरोनाको प्रकोपलाई रोक्नका लागि यो नियम लागू गरेको भन्दै यहाँको सरकारले सबै सर्वसााधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर नस्किन अनुरोध गरेको छ । यो नियमसँगै बेल्जियमका होटल, रेस्टुरेन्ट तथा अन्य फास्टफुड सेवा प्रदायकहरुले पनि तत्कालका लागि सेवा स्थगित गर्नुपर्ने भएको छ । अत्यावश्यक उपभोग्य सामग्री प्रदायक पसलहरुमा भने निश्चित नियम बनाएर उपभोक्ताहरुको आवागमन खुला गरिने बताइएको छ ।
बेल्जियममा हालसम्म १ हजार २ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ जसमध्ये १ सय ८५ जना नयाँ विरामी हुन् भने १० जनाको कोरोनाको कारण हालसम्म निधन भै सकेको छ । यसैबीच हालै युरोपेली युनियनबाट अलग भएको ‘निर्वतमान युरोपेली मुलुक’ लण्डनले पनि आफ्नो देशको सबै सिमाहरु कम्तीमा १ महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

लण्डनले देशमा अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिनका लागि द्रुतगतिबाट सामान ल्याउने योजना पनि अघि सारेको छ । पछिल्लो समयमा हिजोमात्रै युरोपेली मुलुक पोर्चुगल र फ्रान्सले आफ्नो देशका सिमाहरु बन्द गर्ने निर्णय गरेका थिए । लण्डनमा हालसम्म १ हजार ९ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
जसमा ४ सय ७ जना पछिल्लो २४ घण्टा यता बढेका नयाँ विरामी हुन् । हालसम्म लण्डनमा ७१ जनाको ज्यान कोरोनाको कारण गैसकेको छ । जसमा १६ जना पछिल्लो २४ घण्टायता ज्यान गुमाउनेहरु छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द
२०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...
विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन
२०७६ पुष २० गते आइतबार
०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...
Top