लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार


२० मे, २०२०
नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण र जारी लकडाउनकैबीच आन्तरिक हवाई उडान खुल्ला गर्न लागेको छ । चारदिनपछि अर्थात् आगामी मे २५ बाट लागू हुने गरी भारतले देशभर सञ्चालित हवाई उडानलाई पूर्ववत अवस्थामा खुल्ला गर्न लागेको यहाँका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीको भनाई छ । भारतले केही क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाएर सार्वजनिक यातयात समेत सञ्चालनमा ल्याए लगत्तै पुनः हवाई उडानलाई खुकुलो बनाउने निर्णय गरेको हो ।

अन्र्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध भने कायमै रहेको उनले बताए । सरकारले तोकेको मापदण्ड पुरा गरी विमानहरुले आफ्नो नियमित उडान भर्नसक्ने भन्दै मन्त्री पुरीले आम यात्रु तथा हवाई कर्मचारीको सुरक्षाको लागि छुट्टाछुट्टै मापदण्ड तय गरिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् विमानमा यात्रा गर्ने यात्रुहरुका लागि लक्षित गरी मोबाइल एप्स बनाइएको र सोहीको आधारमा बोर्र्डिङ् पास जारी हुने बताए ।

यस्तै यात्रु तथा क्रु मेम्बरले अनिवार्य रुपमा विमानमा रहँदा र सार्वजनिक स्थानमा आउजाउ गर्दा माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भएको छ । हरेक यात्रुलाई सेनिटाइजर बोक्न दिने तथा दुरी ४ फिटसम्मको कायम गर्नुपर्ने व्यवस्था गरेर विमान सेवा शुरु गर्न लागिएको हो । यसरी यात्रुहरुले बोक्ने स्यानिटाइजर बढीमा ३ सय ५० मिलिलिटरको हुनुपर्नेछ ।

भारतमा यो समाचार तयार गर्दासम्म ३ हजार ३ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने १ लाख ७ हजार ८ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाको उपचारपछि ४३ हजार ७० जना घर फर्केका छन् । यस्तै आगामी मे ३१ तारिखसम्मको लागि अधिकांश स्थानमा लकडाउनको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो २४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...

रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

२०८० चैत्र ९ गते शुक्रबार

२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...

भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले...

नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित) नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...

Top