समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार


०५ अगस्ट, २०२०
इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको आशंकासहित सुनसरी जिल्लामा अवस्थित पूर्वी नेपालकै चर्चित मानिएको धरानमा आजदेखि कम्तीमा १ साताका लाग फेरि लकडाउन घोषणा गरिएको छ । विगत केहीदिनयता भेटिएका कोरोना संक्रमितको अवस्था हेर्दा र उनीहरुको ‘हिस्ट्री’ले कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमामा (समुदायस्तरमै ) सरेको अनुमान गर्दै फेरि लकडाउन घोषणाा गरिएको हो ।

लकडाउनको घोषण गर्नुअघि धरान उपमहानगरपालिकाले सरोकारवालाहरुसँग पुनः लकडाउन गर्ने नगर्ने विषयमा विषयमा छलफल गरेको थियो । तर छलफलमा सहभागी सरोकारवालाहरुले समुदायमा कोरोना फैलिएको आशंका गर्दै कम्तीमा १ साताका लागि फेरि लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । सो सुझावलाई मध्यनजर गर्दै उप महानगरपालिकाले आज राति १२ बजेदेखि लागूहुने गरी लकडाउनको घोषणा गरेको हो ।

लकडाउनका बेला अत्यावश्यकीय सेवामा रहेका व्यक्ति तथा सवारी साधन बाहेक अन्य सञ्चालन गर्न नपाइने उपमहानगरपालिकाले जनाएको छ । लकडाउन घोषणा गरेसँगै परीक्षणको दायरा बढाउने तयारी पनि भै रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...

गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’ गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...

Top