समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार


०५ अगस्ट, २०२०
इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको आशंकासहित सुनसरी जिल्लामा अवस्थित पूर्वी नेपालकै चर्चित मानिएको धरानमा आजदेखि कम्तीमा १ साताका लाग फेरि लकडाउन घोषणा गरिएको छ । विगत केहीदिनयता भेटिएका कोरोना संक्रमितको अवस्था हेर्दा र उनीहरुको ‘हिस्ट्री’ले कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमामा (समुदायस्तरमै ) सरेको अनुमान गर्दै फेरि लकडाउन घोषणाा गरिएको हो ।

लकडाउनको घोषण गर्नुअघि धरान उपमहानगरपालिकाले सरोकारवालाहरुसँग पुनः लकडाउन गर्ने नगर्ने विषयमा विषयमा छलफल गरेको थियो । तर छलफलमा सहभागी सरोकारवालाहरुले समुदायमा कोरोना फैलिएको आशंका गर्दै कम्तीमा १ साताका लागि फेरि लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । सो सुझावलाई मध्यनजर गर्दै उप महानगरपालिकाले आज राति १२ बजेदेखि लागूहुने गरी लकडाउनको घोषणा गरेको हो ।

लकडाउनका बेला अत्यावश्यकीय सेवामा रहेका व्यक्ति तथा सवारी साधन बाहेक अन्य सञ्चालन गर्न नपाइने उपमहानगरपालिकाले जनाएको छ । लकडाउन घोषणा गरेसँगै परीक्षणको दायरा बढाउने तयारी पनि भै रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...

नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

२०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४...

भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

२०७७ माघ २० गते मंगलबार

०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले...

किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि

२०७७ मंशिर २० गते शनिबार

०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...

Top