Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२०
काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सरकारले यसअघि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को समयावधि थप्ने तयारीमा सरकार जुटेको छ । देशका विभिन्न भूभाग र विशेष गरी भारतीय सीमावर्ती क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले चौथोपटक कम्तीमा १ साताका लागि (बैशाख १०) सम्मका लागि लकडाउन गर्ने तयारी गरेको हो ।
मन्त्रीमण्डलमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओलीले यसअघि नै सबै प्रदेशका प्रमुखहरुलाई निर्देशन दिँदै लकडाउन तत्काल खुकुलो नहुने बताइसकेका कारण अब कम्तीमा थप एकहप्ता लकडाउन थपिने छ । त्यसका लागि सरकारले भोलि बिहान मन्त्रीपरिषद्को बैठक बसेर निर्णय लिनेछ । भारतले पनि हाल जारी रहेको लकडाउनको समयावधिलाई लम्ब्याउँदै आगामी बैशाख १६ गतेसम्मका लागि पु-याउने तयारी गरेको छ भने भारतले पनि यो विषयमा भोलि नै निर्णय लिने छ ।

भारतमा यो समाचार तयार पर्दासम्म कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३५ पुगेको छ भने ४ सय ३० जना नयाँ संक्रमित आजमात्रै भेटिएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् । भारतको यो तयारीसँगै नेपालमा पनि लकडाउनको समयावधि थप गर्न लागिएको हो । सरकारले यसअघि गत चैत्र ५ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनका कारण अहिले सिँगा देश ठप्पप्रायः बनेको छ ।
भारतमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण खुल्ला सीमा र त्यहाँबाट हुने आउजाउलाई मध्यनजर गर्दै तत्काल लकडाउन नखोल्ने निर्णयमा सरकार पुगेको हो । यसको औपचारिक घोषणा सरकारले भोलि मन्त्रीपरिषद्को बैठकपछि गर्नेछ । लकडाउनको समयावधी आगामी बुधबार सकिँदैछ ।
नेपालमा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै सोमबार साँझ नै काठमाडौको पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनालाई कोरोनाको आशंका गर्दै उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । बैशाख १० गतेपछि पनि अवस्था हेरेर आवश्यक भएमा लकडाउनको समयावधी थप गर्ने तयारीमा सरकार जुटेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
२०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले...
७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...
परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ
२०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...
उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...
Top