‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


१३ अप्रिल, २०२०
काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सरकारले यसअघि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को समयावधि थप्ने तयारीमा सरकार जुटेको छ । देशका विभिन्न भूभाग र विशेष गरी भारतीय सीमावर्ती क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले चौथोपटक कम्तीमा १ साताका लागि (बैशाख १०) सम्मका लागि लकडाउन गर्ने तयारी गरेको हो ।

मन्त्रीमण्डलमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओलीले यसअघि नै सबै प्रदेशका प्रमुखहरुलाई निर्देशन दिँदै लकडाउन तत्काल खुकुलो नहुने बताइसकेका कारण अब कम्तीमा थप एकहप्ता लकडाउन थपिने छ । त्यसका लागि सरकारले भोलि बिहान मन्त्रीपरिषद्को बैठक बसेर निर्णय लिनेछ । भारतले पनि हाल जारी रहेको लकडाउनको समयावधिलाई लम्ब्याउँदै आगामी बैशाख १६ गतेसम्मका लागि पु-याउने तयारी गरेको छ भने भारतले पनि यो विषयमा भोलि नै निर्णय लिने छ ।

भारतमा यो समाचार तयार पर्दासम्म कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३५ पुगेको छ भने ४ सय ३० जना नयाँ संक्रमित आजमात्रै भेटिएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् । भारतको यो तयारीसँगै नेपालमा पनि लकडाउनको समयावधि थप गर्न लागिएको हो । सरकारले यसअघि गत चैत्र ५ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनका कारण अहिले सिँगा देश ठप्पप्रायः बनेको छ ।

भारतमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण खुल्ला सीमा र त्यहाँबाट हुने आउजाउलाई मध्यनजर गर्दै तत्काल लकडाउन नखोल्ने निर्णयमा सरकार पुगेको हो । यसको औपचारिक घोषणा सरकारले भोलि मन्त्रीपरिषद्को बैठकपछि गर्नेछ । लकडाउनको समयावधी आगामी बुधबार सकिँदैछ ।

नेपालमा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै सोमबार साँझ नै काठमाडौको पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनालाई कोरोनाको आशंका गर्दै उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । बैशाख १० गतेपछि पनि अवस्था हेरेर आवश्यक भएमा लकडाउनको समयावधी थप गर्ने तयारीमा सरकार जुटेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट) बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...

अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते

२०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top