प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

Best Khabar Team | २०७७ श्रावण ९ गते शुक्रबार


२४ जुलाई, २०२०
काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक युवतीमाथि तेजाब (एसिड) आक्रमणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीय र एक नेपाली नागरिक रहेका छन् । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा अभियुक्तहरुले तेजाब आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतका मुन्ना मोहमम्द र रौतहटका मोहम्मद आलम रहेका छन् । मुन्ना काठमाडौंको डल्लुमा कालीगढको रुपमा कार्यरत रहेको पनि प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको सिसिटिभी क्यामेराको सहायतामा आक्रमणकारीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । हिजो साँझ ओखलढुंगाकी पवित्रा कार्कीमाथि काठमाडौंको सितापाइलामा मोहमम्दकै निर्देशनमा भारतीय नागरिक मुन्नाले एसिड हानेको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेसँगै आज सार्वजनिक गरेको छ । रक्सीको बोतलमा एसिड भरेर मुन्नाले दहि किन्न सितापाईलातर्फ जाँदै गरेको बेला कार्कीमाथि आक्रमण गरेको प्रहरी बयानमा बताएका छन् । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अघि बढाएको छ भने घाइते युवतीलाई अहिले काठमाडौंको कीर्तिपुरमा उपचारार्थ भर्ना गरिएको छ ।

घटनाको मुख्य योजनाकार मोहम्मदले ती युवतीसँग प्रेम प्रस्ताव राखेको र ती युवतिले आफ्नो अर्कै केटासँग प्रेमसम्बन्ध रहेको बताएपछि मोहम्मदले घटनाको योजना बनाएका थिए । मोहम्मद र युवतीबीच केही समययता चिनजान रहेको बुझिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका...

उखु किसानको आँसु मिसिएको गुलियो चिनी बेच्दै सरकार उखु किसानको आँसु मिसिएको गुलियो चिनी बेच्दै सरकार

२०७६ पुष १८ गते शुक्रबार

३ जनवरी, २०२०काठमाडौंमा उखु किसानले आन्दोलन गरेको करिब २...

Top