Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुर्लाइ, २०१८
काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो गोलीकाण्डमा मृत्युहुनेको संख्या १२ पुगेको छ । यसअघि ११ जनाको मृत्यु भएको भनिएपनि अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले गोलीकाण्डमा घाइते भएका एकजनाको उपचारको क्रममा अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको बताएका छन् । यो सँगै सो गोलीकाण्डमा ज्यान गुमाउनेहरुको संख्या १२ पुगेको विविसीले जनाएको छ । भर्जिनियाको एक सरकारी कार्यलयमा एकजना आक्रमणकारीले कार्यालय समयमा अन्दाधुन्द गोली चलाएका थिए । भर्जिनिया म्युनिसिपाल सेन्टरमा कार्यरत कर्मचारीमाथि गरिएको सो आक्रमणमा परी ज्यान गुमाउनेहरु सबै सो कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको बताइएको छ ।

प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका छन् । प्रहरी स्रोतका अनुसार उनी पनि सोही कार्यालयमा कार्यरत कर्मचारी भएको आशंका गरिएको छ । यद्यपि अनुसन्धान जारी रहेको बताइएको छ । पछिल्ला वर्षहरुमा अमेरिकामा गोलीकाण्ड दिनहुँजसो भै रहन्छ । यसरी आम मानिसलाई कत्लेआम गर्ने गरी भएको ठूलो गोली काण्डको यो १ सय ५० औं सृङ्खला भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । गत शुक्रबार भएको सो घटनामा परी एकजना प्रहरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । घटनापछि प्रतिक्रिया दिँदै भर्जिनिया बीचका मेयर बबी डायले भर्जिनिया शहरहै इतिहासमा भएको यो अहिलेसम्मकै विभत्स हत्यकाण्ड भएको बताएका छन् ।
घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउनुका साथै त्यहाँ कार्यरत अन्य कर्मचारीहरुलाई पुरानै काममा फर्कनका लागि मनोपरामर्शहरु दिइएको छ । अमेरिकामा हतियारको कारोबार खुलमखुला रहेकोले दिनहुँजसो विभिन्नखाले हत्या तथा गोलीकाण्डका समाचारहरु सार्वजनिक भै रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
२०७६ चैत्र ३० गते आइतबार
१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...
दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको...
कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
Top