कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार


२९ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा थप १ सय ७० जना कोरोना संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । ती मध्ये ६ जनाको ज्यान गै सकेको छ भने १ सय ९५ जनाको उपचार सफल भएको छ ।

आज प्रदेशनम्बर २ को रौतहटमा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, कपिलबस्तुमा ५१ जना दाङ्मा ९, झापामा २८ जनामा, पश्चिम नेपालको बाँकेका १० जनामा, पर्सामा ५, बारामा ४, सर्लाहीमा ५, सप्तरीमा ४, नवलपरासी पूर्वमा २, दाङ्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यता म्याग्दीमा १ र रुपन्देहीमा १ जना गरी कुल १ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । सरकारले पछिल्ला दिनहरुमा नेपाल भारत सिमावर्ती क्षेत्रबाट भारतमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन शुरु गरेसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका   : सावधानी अपनाउन विज्ञहरुको सुझाव लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...

कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...

Top