रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा १० वर्षअघि विश्व रेकर्ड राख्न सफल बाग्लुङ्गका खगेन्द्र थापामगरको निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित थापामगरको उपचारको क्रममा आज दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हो ।

पछिल्लो समय खगेन्द्र पोखरा बस्दै आएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसियुमा राखेर उपचार थालिएको भएपनि उनलाई बचाउन नसकिएको चिकित्सकरुले जनाएका छन् । उनलाई निमोनियासमेत भएको अस्पतालले जनाएको छ ।

२०६७ सालमा ६७ दशमवल ०८ सेन्टिमिटर उचाईसहित विश्वकै होचा व्यक्तिको रुपमा खगेन्द्रले गिनिज बुकमा नाम लेखाएका थिए । उनको भोलि बौद्ध परम्पराअनुसार पोखरामै अन्येष्टि गरिने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बेष्टखबर डटकमलाई जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै ३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित) कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...

Top