Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०
पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा १० वर्षअघि विश्व रेकर्ड राख्न सफल बाग्लुङ्गका खगेन्द्र थापामगरको निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित थापामगरको उपचारको क्रममा आज दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हो ।
पछिल्लो समय खगेन्द्र पोखरा बस्दै आएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसियुमा राखेर उपचार थालिएको भएपनि उनलाई बचाउन नसकिएको चिकित्सकरुले जनाएका छन् । उनलाई निमोनियासमेत भएको अस्पतालले जनाएको छ ।
२०६७ सालमा ६७ दशमवल ०८ सेन्टिमिटर उचाईसहित विश्वकै होचा व्यक्तिको रुपमा खगेन्द्रले गिनिज बुकमा नाम लेखाएका थिए । उनको भोलि बौद्ध परम्पराअनुसार पोखरामै अन्येष्टि गरिने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बेष्टखबर डटकमलाई जानकारी दिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा
२०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन...
सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...
१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...
Top